हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 2641  पटक पढिएको

क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको र १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यस हमलामा विभिन्न १३ स्थानमा मानिस मारिएका छन् । यसमा जेम्स स्मिथ क्री नेसन र वेल्डन समावेश छन् । यस हमलामा संलग्न दुई संदिग्धको नाम ३१ वर्षीय डेमेन स्यान्डरसन र ३० वर्षीय मिल्स स्यान्डरसन हो । दुवै अझै लुकेर बसेका छन् । यिनिहरु हतियारधारी रहेको र खतरनाक मानिएका छन् ।

वरपरका बासिन्दाहरूलाई घरभित्रै बस्न भनिएको छ । प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्न व्यापक खोजी कार्य गरिरहेको छ । सेसकेचवानको रोयल क्यानेडियन माउन्टेड पुलिसले ट्वीट गर्दै भनेको छ, ‘सुरक्षित आश्रयस्थान नछोड्नुहोस् र सावधानीको रूपमा, कसैलाई आफ्नो घरमा प्रवेश गर्न नदिनुहोस् ।’

प्रहरीले विभिन्न ठाउँमा चेकपोस्ट राखेको छ । प्रहरीले यात्रुहरुको कडा निगरानी गरिरहेको छ । चालकलाई कसैलाई लिफ्ट नदिन आग्रह गरेको छ । जेम्स स्मिथ क्री नेसनमा आपतकालिन अवस्था लागू गरिएको छ । यहाँ उत्तरपूर्वमा वेल्डन गाउँ छ, जुन यहाँका बासिन्दाहरूका लागि सुरक्षित छ । यस क्षेत्रमा प्रहरीले सबैको मोबाइलमा अलर्ट पठाएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई भयानक भएको बताएका छन् । ट्रुडोले भने, ‘म यस हमलामा आफ्ना प्रियजन गुमाएका र घाइते भएकाहरूप्रति चिन्तित छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!