हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 802  पटक पढिएको

सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरूले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।

जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरू सहित पोस्टमार्टममा पुगेका थिए ।

उनले भने, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको थियो । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएका छौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआई भन्न सकिँदैन,’ उनले भने । -न्युज कारखाना

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!