हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 10407  पटक पढिएको

रंगेली। मोरङ्ग रंगेली नगरपालिका ४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ । पच्छिल्लो समयमा सिमा क्षेत्रमा बाट लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी, मानव तथा चेलिबेटी बेचविखन, विभिन्न अपराधिक गतिबिधीको निगरानी का लागि समिति गठन गरेको छ ।

सिमा स्तम्भ समितिमा बडा अध्यक्ष अवधेश कुमार मण्डल , ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रहरी निरिक्षक निगम राई सदस्य , धर्मेन्द्र कुमार मण्डल , सुन मण्डल, दिलिप कुमार साह लाई निगरानी सदस्य समिति गठन गरेको छ ।

समितिले विओ.पि. रंगेली ले नियमित गस्ती गर्ने , दशगजा इलाकामा कुनै पनि प्रकारका भौतिक संरचना चौपायहरुबाट हुन सक्ने क्षेती नियमित निगरानी गर्ने , सीमा स्तम्भ सुरक्षित रहेको ३ वटा सहायक सीमा स्तम्भहरू वाढीले बगाएको र हाल सम्म सहायक सीमा स्तम्भ नं १६५/३ (४७) स्तम्भ नं. १६५/४(४८) र सीमा स्तम्भ नं. १६५/५ (४९) नम्बरको पिलर विभिन्न समयमा आएको बाढीले बगाएको सीमा स्तम्भलाई आवश्यक समन्वय गरी पुन निर्माण प्रक्रिया सुरु गरिने समेत निर्णय गरेको छ ।

त्यसैगरी अवैध चोरी, ‘पैठारी तथा हात हतियार ओसार पसार नियन्त्रण का लागि चेकप्वाईन्ट नियमित गर्ने र कानूनी कार्य मा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कानून बमोजिम कार्वाहीको लागी सिफारिस गर्ने कार्यलाई सदैब सिमा मा २४ घन्टा सुरक्षालाई निरन्तरता दिने समितिले निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!