हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 697  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ ।

विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर २ को तीनपैनी आसपासको क्षेत्रमा सरसफाई गरिएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी महानगरलाई तीन भागमा विभाजित गरेर सरसफाई अभियान सञ्चालन गरिएको छ । प्रतिकूल मौसममा बाबजुद पनि महानगरले अभियानलाई निरन्तरता दिएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको नेतृत्वमा तीनपैनी आसपास क्षेत्रको सरसफाई गरिएको छ ।

सरसफाईमा वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधान, सरसफाई शाखाका प्रमुख हिरालाल यादव, महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित जनप्रतिनिधि, नगर प्रहरी, सफाईका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

उनीहरुले सडक र फुटपाथ सफा गरेका थिए । फुटपाथमा राखेको निर्माण सामग्रीसमेत हटाइएको थियो । विराटनगरलाई सफा, सुन्दर र हराभरा राख्न अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । अभियान हरेक शुक्रबार सञ्चालन प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!