हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 637  पटक पढिएको

विराटनगर। कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्वागत गरेका थिए । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की काम विशेषले विराटनगरभन्दा बाहिर रहेका कारण महानगरले गरिरहेका न्याय सम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी गराएका थिए । बस्नेतले समग्र महानगरले गरिरहेका कामकारबाहीका बारेमा समेत टोलीलाई अवगत गराए ।

टोलीले महानगरको बजेट बाँडफाँडको अवस्था, न्यायिक समितिप्रति जनअपेक्षा, विकास निर्माणमा टोल संगठनहरुको भूमिका, प्रदेश सरकारसँगको समन्वयको अवस्थालगायतका विषयमा जिज्ञासा राखेको थियो । टोलीमा न्यायिक समितिका सदस्य बलवीर थारु, टंक ओली कार्की, सदस्यसचिव केशवबहादुर थापा, कार्यपालिका सदस्यहरु बलिराम चौधरी, यज्ञप्रसाद न्यौपाने, दीर्घबहादुर ठकुल्ला, लोटन चौधरीका साथै महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, प्रशासन शाखाका केवल पोखरेलगायतको सहभागिता रहेको थियो । टोलीले न्यायिक समितिको इजलासको समेत अवलोकन गरेको थियो ।

“महानगरको इजलास साँच्चिकै व्यवस्थित र आकर्षक रहेछ,” संयोजक शाहले भने, “अन्य पालिकाहरुको पनि इजलास अवलोकन ग¥यौं, यहाँको अलि व्यवस्थित रहेछ ।” पालिकास्तरमा अध्ययन अवलोकन भ्रमण हुनुपर्नेमा उनले जोड दिए । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले पनि अध्ययन भ्रमणले अनुभव आदानप्रदान हुने र राम्रो पक्षको अनुशरण गरेर आफ्नो पालिकाको विकास गर्न सकिने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!