हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 1007  पटक पढिएको

बिराटनगर। नेपालि कांग्रेस मोरङ क्षेत्र नं.५ बाट प्रतिनिधि सभाकोलागी प्रत्यक्ष तर्फ दुई जनाको नाम क्षेत्रिय कार्यसमितिले सिफारिस गरेको छ। समितिले नेपालि कांग्रेसका केन्दिय सदस्य अमृत अर्याल र पुर्व केन्दिय सदस्य हसन अन्सारीको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्रिय समितिका सचिव बिरेन्द्र कुमार साहले हिपमत मिडियालाई जानकारी दिए।`

प्रतिनिधि सभाकोलागि समानुपातिक तर्फ समितिले ६ जनाको नाम सिफारिस गरेको छ। समानुपातिकमा फुलकुमार लालावानी ,कमला श्रेष्ठ ,दिनानाथ आचार्य ,जयनाथ मण्डल ,सुनकुमारी कार्की र रंजित कुमार झाको नाम सिफारिस गरिएको छ। समितिले प्रदेश सभा तर्फा पनि प्रत्यक्ष र सामानुपातिकमा नामहरु सिफारिस गरेका छन्।

प्रदेश सभा (क )प्रत्यक्ष तर्फ हरिलाल सिङ्ग ,गयानन्द मण्डल,सुकदेव प्रसाद मण्डलको नाम सिफारिस गरिएको छ भने सामानुपातिक खुल्ला तर्फ सुबोध कुमार सिङ्ग ,जगरनाथ मण्डल ,रामनारायण मण्डल केवारत ,मुबारक मिंया,सत्यनारायण साह ,बिनोद कुमार मुर्मु ,चित्र बहादुर पौडेल ,श्रवन केवट ,मंगलचन्द अग्रवाल ,प्रमोद कुमार चक्रवर्ती,धनबहादुर मण्डल जिरालाल मण्डल गनगाई। नारायण प्रसाद साह ,जिवक्ष ठाकुरको नाम सिफारिस गरिएको । समानुपातिक महिला तर्फ कौशल्या कुमारी मण्डल ,अम्बिका गिरि भारती सुनिता मण्डल ,पार्वती यादव ,कमला कटुवाल यादव ,आशिवनी कुमारी मण्डल अनिता कुमारी मण्डलको नाम सिफारिस गरिएको छ।

प्रदेश सभा (ख ) प्रत्यक्ष तर्फ राजेश कुमार गुप्ता ,सुदर्शन मल्ल ठकुरी ,मो फैयाज मिंयाको नाम सिफारिस गरिएको छ भने सामानुपातिक खुल्ला तर्फ दिलिप कुमार पोखरेल ,अशोक कुमार साह सुडी,जवाहर लाल मण्डल ,मोहनलाल महतो ,साजनलाल महतो ,अबदुल खान ,सोमनाथ कोइराला ,रामबिलास साह ,अजय शर्माको नाम सिफारिस गरिएको छ। समानुपातिक महिला तर्फ निर्मला सुवेदी ,जस्मिन मण्डल ,मिता आचार्य ,मिना मुर्मुको नाम सिफारिस गरिएको क्षेत्रिय सचिब बिरेन्द्रकुमार साहले हिपमत मिडियालाई जानकारी दिए।

मोरङ क्षेत्र नं.५ मा प्रतिनिधि सभा तर्फ यस पटक मधेशी समुदायका नेतालाई नेपाली कांग्रेसले अवसर दिनुपर्ने माग स्थानिय नेता कार्यकर्ताको रहेको छ। बिगत लामो समयदेखि पार्टीमा योगदान दिने पुर्व केन्दिय सदस्य हसन अनासारिलाई यस पटक मौका दिनुपर्ने स्थानिय नेताहरुले बताए। उनीहरुले भने अमृत दाईको नाम क्षेत्र न-४ बाट पनि सिफारिस गरिएको छ उँहालाई बिगतमा हामीले सहयोग गर्यौ यस पटक हसन अन्सारिलाईइ सबैले सहयोग गर्नु पर्ने उनीहरुको जोड छ।

एक पक्ष अमृत अर्याललाई नै क्षेत्र न-५ मा उम्मेदवारको रुपमा देख्न चाहेको ईच्छा व्यक्त गरे। यदि यो क्षेत्रमा चुनाव जित्ने हैसियत राख्ने नेता अमृत आर्याल नै हो उनीहरुले भने तर यस पटक गठबन्धनको कारणले अमृत आर्याल समेत उक्त क्षेत्रमा लगानी भए पनि मज्जाले खुलेका छैन्। गठबन्धन भएकोले उक्त क्षेत्र कुन दलले पाउने अहिलेसम्म टुंगो लागेको छैन। क्षेत्र न-५ मा गठबन्धन दल नेकपा माओवादीले दाबि गरिरहेका छन् भने जनता समाजवादी पार्टीले पनि प्रदेश भरिमा नै आफ्नो आधार क्षेत्र यहि भएको दाबि गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!