हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 378  पटक पढिएको

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंग र सोही गाउँपालिका-१ चकरी बस्ने २० वर्षीय सुभाष लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ६९०६ नम्बरको मिनीट्रकलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याएको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-१४ चाउथे कदममार्गस्थित खाजा घर संचालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका-२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचनलाई १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा लागूऔषध विक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!