नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० ले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन रु २२०० ले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।यता बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
मंगलबार तोलामा ८६० रुपैयाँ प्रतितोलाका दलले कारोबार भएको चाँदी बुधबार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।