हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 855  पटक पढिएको

केलियन एम्बाप्पेले दुई गोल गर्दा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्तेसलाई ३–० गोल अन्तरले हराएको छ । शनिबार राती भएको पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे । त्यस्तै नुनो मेन्डिसले एक गोल गरे ।

नान्तेसको घरेलु मैदानमा खेलको १८ औं मिनेटमा एमबाप्पेको गोल मार्फत पीएसजीले सुरुआती अग्रता दिएको थियो । नान्तेस खेलको २४ औं मिनेटमा १० खेलाडीमा समेटियो । नान्तेसका फाबियोले रातो कार्ड पाएर बाहिरिए । ५४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६८ औं मिनेटमा नुनोले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । जितसँगै पीएसजीले ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । पराजित नान्तेस ६ अंक जोडेर दशौँ स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!