हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 2393  पटक पढिएको

सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ आज गौरा पर्वको अन्तिम र महत्त्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्‍तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।

 

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्त्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौँ आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका छन् । काठमाडौँमा गौरा मनाइरहेका सुदूपश्चिमेलीहरुका तस्बिरलाई हामीले यहाँ समावेश गरेका छौँ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!