बालिका बलात्कारमा संलग्न प्रतिवादीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । भक्तपुरको भक्तपुर नगरपालिका–११ क्वाछे घर ४० वर्षीय दिपक तुल्सीब्याखोलाई पोखराबाट पक्राउ गरिएको भक्तपुरका डीएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
२०५४ मंसिरमा तुल्सीब्याखोले भक्तपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । जिल्ला र उच्च अदालतबाट सफाइ पाएका उनलाई सर्वोच्च अदालतले २०६३ माघ ८ मा ८ वर्ष कैद र उनका आधा अंश सर्वस्व गरेर बालिकालाई भराउने फैसला गरेको थियो । फैसलापछि फरार भएका तुल्सीब्याखो पोखरामा हार्डवेयर पसल चलाएर बसेको अनुसन्धानबाट थाहा भएको डिएसपी पाण्डेले बताए ।
उनले भने– ‘जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा पक्राउ गरेर प्रतिवादीलाई अदालतमा पेश गरेका छौं ।’