हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 3311  पटक पढिएको

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक विकृत रुपमा आएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विधेयकमाथिको छलफलमा बोल्दै पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले मिडिया काउन्सिल विधेयक आउनु राम्रो भएपनि विकृत रुपमा आएकाले सच्याउन जरुरी रहेको बताए ।

 

उनले उक्त विधेयकको भु्रण हत्या हुन्छ कि भन्ने लागेको पनि टिप्पणी गरे । ‘मलाई लाग्थ्यो यसको भ्रूण हत्या हुन्छ कि ? भएनछ धन्यवाद । तर केही कुरा विकृत भएर आएछ’ उनले मिडियालाई स्वायत्त बनाउने हो भने सोही क्षेत्रका निर्वाचित तीन जना मानिसहरु राख्नुपर्ने भनिए पनि अहिले आएको विधेयकमा सबै सरकारले मनोनित गर्ने गरी आएकोमा आफु छक्क परेको बताए ।

‘हिजो एक लाखसम्मको जरिवाना काउन्सिलले गर्नसक्ने भन्ने थियो । त्यसोभन्दा खिल्ली उडाइएको थियो । बसिखप्न दिइएन । माइतीघर मण्डलाको दुवो एक दिन पनि सुखले बस्न पाएन’, बाँस्कोटाले भने, ‘तर आज दश लाखसम्म जरिवाना गर्न पाउने भनेर आएछ । एउटै चिजलाई हेर्ने आँखा कस्ता हुन् ? गज्जब छ । अचम्म लागेको छ । मनिटरिङको सिस्टम अनलाइनमा ठिक छ ।’ उनले एउटै कुरामा हिजो अर्कै देख्ने र आज अर्कै देख्ने सत्ता पक्षका सांसदहरुको आँखा के भएको भनेर प्रश्न गरे । ‘यसमा जनताले आँखा उपहार दिनुपर्छ’, बाँस्कोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!