रंजित चौरसिया

शुक्रबार, भाद्र १७, २०७९ || 1067  पटक पढिएको

वीरगंज ।ईलाका प्रहरी कार्यालय नगवाका बरिष्ठ प्रहरी नायब निरिक्षक गोरख साहीका कारण सो क्षेत्रका स्थानियहरु पिडित बन्न पुगेको गुनासो बढन थालेको छ ।

ईलाका प्रहरी कार्यालय नगवाको करिब पाँच सय मिटरको दुरिमा करिब दुई दर्जन भन्दा बढी लोकल रक्सी भठ्ठीहरु सञ्चालनमा रहेको छ । जुन अबैध रुपमा सञ्चालनमा रहेको छ । सो भठ्ठीहरु राती १० बजे सम्म निर्वाध रुपमा ईलाका प्रहरी कार्यालयका प्रहरीहरुको संरक्षणमा सञ्चालन भईरहेको स्थानियहरुले गुनासो गरेका छन् ।

लोकल रक्सी भठ्ठीहरु विक्रि वितरण गर्न नपाईने भए पनि आर्थिक लाभकै लागि बरिष्ठ प्र.ना.नि. साहीले निर्वाध रुपमा सञ्चालन गर्न दिएको रक्सी पसलेहरुले नै स्विर्काछन् । अबेर रातीसम्म सो भठ्ठीहरु सञ्चालन हुने भएका कारण नै दिनहुँजसो झै–झगडा हुने गरेको छ ।
एउटा लोकल रक्सी भठ्ठी सञ्चालन गर्न दिनको लागि बरिष्ठ प्र.ना.नि. साही महिनाको ५ हजार देखि ८ हजारसम्म लिने गरेको एक रक्सी पसलेले नाम नछाप्ने शर्तमा बताएका छन् । यसरी जोडदा दुई दर्जन भन्दा बढी रक्सी पसलेहरुसँग महिनामा करिब डेढ देखि दुई लाख सम्म अबैध रुपमा कमाउने गरेको पनि बताईन्छ । जुन रक्सी पसलेले पैसा दिदैन उनिहरुको पसलमा बेलुका ७÷८ बजे आफै पुगी लठ्ठी चार्ज गर्ने गरेको पसलेहरुले बताएका छन् । उनको यस्तो रवैयाका कारण नै पसलेहरुले मासिक रुपमा पैसा दिन बाध्य भएका छन् ।

रक्सी भठ्ठीहरु सँग मात्र हैन, रक्सी खाएर झै–झगडा गर्ने व्यक्तिहरुलाई मिलाई दिनका लागि पनि राम्रै नजराना लिने गरेको जानकारहरुले बताएका छन् । त्यसैगरी बारा र पर्सा जिल्लाको सिमाना सिङ्गाहा पुल हुदै भारतबाट तस्करी हुदै आएको छ । सो सिङ्गाहा पुल नजिकै प्रहरी हवलदार र जवानहरु राखी तस्करहरुबाट अबैध रुपमा सामाग्रीको परिमाण हेरी रु. १० देखि पाँच सय सम्म लिने गरेको जो कोहीले पनि सहजै हेर्न सक्छन् ।

प्रहरीको काम शान्ति सुरक्षा दिने, अबैध गतिविधि रोक्ने भए पनि बरिष्ठ प्र.ना.नि. साहीले “एनी हाउ पैसा कमाउ” धन्दामा लागेको स्थानियहरुले बताएका छन् । यस तर्फ पर्सा प्रहरी प्रमुख एवं माथिल्लो निकायका अधिकृतहरुको ध्यान पुग्न जरुरी रहेको स्थानिय समाजसेवी, बुद्धिजिविहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!