हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 2051  पटक पढिएको

काठमाडौँ। सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरी आर्थिक अपचलन गरेको आरोपमा तामाङ, उहाँकी पत्नी, दुई छोरी, सहकारी संस्थाका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उहाँकी पत्नी श्रीमती बीना श्रेष्ठसहित छ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।

सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता ऋषिराम पोखरेलले तामाङले तीन अर्ब ३१ करोड रुपियाँ ठगी गरेको पाइएको बताउनुभयो । यसैगरी सोही प्रकरणमा तामाङकी श्रीमती सिर्जना शाक्यले एक अर्ब तीन करोड रुपियाँ अपचलन गरेको पाइएको छ ।

तामाङका छोरीहरू प्रतीक्षाले छ करोड २२ लाख र प्रतिशाले एक करोड ८९ लाख रुपियाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

यसैगरी विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपियाँ सम्पत्ति शुद्धीकरण गरेको पाइएको छ । विभागले आरोपीसँग चार अर्ब ७० करोड १३ लाख बिगो माग गरी मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा तामाङले सहकारीबाट सर्वसाधारण बचतकर्ताले जम्मा गरेको रकम मनोमानी रूपमा प्रयोग गरी पाँच अर्ब ६७ करोड ५५ लाख रुपियाँ अपचलन गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!