एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डविरुद्ध सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले लिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा ७२ पूरा गरेको हो । नेपालका लागि कुशल मल्लले सर्वा्धिक २७ रनको योगदान गरे । त्यस्तै पवन सरार्फले ३६ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धा्रित २० ओभरमा सम्र्पूर्ण विकेट गुमाउँदै ६७ रन बनायो । थाइल्यान्डका लागि हिनोन जोर्डानले सर्वा्धिक १३ रन बनाए । त्यस्तै नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान एक–एक विकेट लिए । साभार बाह्खरी अनलाईन