सुमन घिमिरे
हिपमत डटकम
उर्लाबारी ,मंसिर–१७

मोरङको उर्लाबारी नगरपालिकामा पछिल्लो समय देखिएको विवादलाई समाधान गर्दै विकाश निर्माणको काममा अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस सहमत भएका छन् ।

उर्लाबारी नगरपालिकामा केही महिनायता नगरको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र बहुमत सदस्य रहेको नेकपाबीच तिब्र विवाद रहँदै आएको छ । कार्यपालिका बैठक र नगरसभा बैठकका निर्णयका विषयमा कार्यपालिका सदस्यहरु एकमत नहुँदा उच्च अदालत विराटनगरमा नै मुद्धा परेको थियो । नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमत कार्यपालिका सदस्यले नगरसभाबाट एकलौटी ढंगले निर्णय गरिएको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित मेयर खड्ग फागोसहित ५ जना कार्यपालिका सदस्यबिरुद्ध मुद्धा दायर गर्नुभएको थियो । गत मंसिर २ गते उच्च अदालत विराटनगरले चौथो नगरसभा बदर गर्दै अर्को नगरसभा गर्न आदेश दिईसकेको छ ।

नगर कार्यपालिकामा पछिल्लो समय नेकपा र काँग्रेसका जनप्रतिनिधिबीच तिब्र विवाद देखिएपछि त्यसलाई समाधान गर्न पार्टीका स्थानीय र जिल्ला स्तरका नेता अग्रसर भएका हुन् । नगरपालिकाको विवादलाई समाधान गर्दै विकाश निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन दुबै दल सहमत भएको नेपाली काँग्रेसकी जिल्ला सदस्य सिता कार्कीले बताउनुभयो । जिल्ला समन्व्य समिति मोरङका प्रमुख नरेश पोखरेलले उर्लाबारी नगरपालिकाको विवाद समाधान गराउन अग्रसरता देखाउनु भएको छ । उहाँले आईतबार जिससमै नेकपा र काँग्रेसका नेताहरुबीच छलफल गराई विवाद समाधान गराउने प्रयास थाल्नु भएको थियो ।

छलफलमा नेकपाबाट जिल्ला कार्यालय सदस्य रामलाल शाहसहित जिल्ला सदस्य रुपेश खतिवडा, अग्नि भट्टराई, नगर अध्यक्ष उमाकान्त गौतम, पूर्व क्षेत्रिय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, उर्लाबारी नगरसभा सदस्य अग्नि सुब्बा, नेताहरु मुक्ति न्यौपाने, मित्र ढकाल लगायत तथा नेपाली काँग्रेसबाट जिल्ला कार्यवाहक सभापति शिवनारायण सिंह, जिल्ला सदस्य सिता कार्की, महासमिति सदस्य ललित अधिकारी, शोभा पालुङ्वा, उर्लाबारी नगर सभापति विरवल थापा, क्षेत्रिय सल्लाहकार नरबहादुर मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

सो बैठकले उच्च अदालत विराटनगरबाट जारी भएको आदेशलाई सम्मान् गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । यस्तै उर्लाबारी नगरपालिकामा उत्पन्न भएको विवाद समाधान गर्नका लागि नेकपा र काँग्रेसबाट दुई/दुई जना गरी चार जनाको समिति निर्माण गरी सम्पूर्ण विवादित विषयहरुको समाधान गर्ने गराउने निर्णय गरेको नेकपाका नगर अध्यक्ष उमाकान्त गौतमले बताउनुभयो ।

आउँदो मंसिर २३ गतेभित्रैमा दुई दलका प्रतिनिधि र मेयर उपमेयरबीच छलफल गराई सहमति गराउन पहल गर्ने निर्णय गरेको काँग्रेस जिल्ला सदस्य सिता कार्कीले बताउनुभयो । जनप्रतिनिधिहरुले निरकुंश शैली हैन लोकतान्त्रिक व्यवहार अवलम्बन गर्दै विधिसम्मत निर्णय गरेर उर्लाबारीको विकाश र समृद्धिमा एकजुट भएर लाग्नु नै आजको आवश्यकता भएको नेकपा जिल्ला सदस्य रुपेश खतिवडाले बताउनुभयो । उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठकमा मुख्य रुपमा गत आर्थिक वर्ष २०७५/७६ को को खर्च अनुमोदनका विषयमा तिब्र विवाद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!