हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 5453  पटक पढिएको

ओस्कार समारोहमा अभिनेता विल स्मिथको थप्पड काण्ड सायद कसैले बिर्सिएका छैनन् होला । ओस्कार २०२२ मा अभिनेता स्मिथले अवार्ड होस्ट गर्ने क्रिस रकलाई थप्पड हानेका थिए । उनको व्यवहारले सबैलाई आश्चर्यचकित बनाएको थियो । यो घटनापछि उनले माफी मागिसकेका छन् ।

यता क्रिस रकले भने अर्को वर्ष हुने ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार गरेका छन् । यसको पछाडिको कारण विल स्मिथको थप्पड रहेको बताइएको छ । सुपर बलको विज्ञापनमा पनि उनी संलग्न नहुने बताइएको छ ।

क्रिसले आइतबार फिनिक्स, एरिजोनाको एरिजोना फाइनान्सियल थिएटरमा कमेडी शोको क्रममा यो खुलासा गरेका हुन् । ओस्कर २०२३ को आयोजना गर्ने प्रस्तावको बारेमा चर्चा गर्दै क्रिस रकले भने, “यो त कसैलाई आफ्नो मृत्यु भएको ठाउँमा जान आग्रह गर्नु जस्तो कुरा भयो ।”

अवार्डको क्रममा क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक उडाएका थिए । तर विल स्मिथलाई यो मजाक पटक्कै मन परेन र उनी स्टेजमा गएर क्रिस रकलाई आक्रमण गरेका थिए। घटनापछि एकेडेमीले स्मिथमाथि १० वर्ष प्रतिबन्ध लगाएको थियो ।

पत्रिका डटकम

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!