हिपमत डटकम

मंगलबार, भाद्र १४, २०७९ || 6018  पटक पढिएको

सल्यान जिल्लाको शारदा नगरपालिका-१० नयाँगाउँमा रा.१ ह २२१९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कालिमाटी गाउँपालिका-१ बस्ने ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनालाई थप उपचारका लागि मेडिकल कलेज नेपालगंजमा पठाइएको छ ।

त्यसैगरी तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका-८ लालिमस्थित सडकमा ग.१० प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-१० बस्ने २५ वर्षीय चेतमान सिंह आलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । म

त्यसैगरी कवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१८ कठाएत चोकमा ना.५ च २९९ नम्बरको गाडिले बा.४४ प ३८०२ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका-१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!