रंगेली। हुलाकी मार्ग अन्तर्गत मोरङको कानेपोखरी–रंगेली सडकको बाँकी रहेको काम हुने भएको छ । सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी कानेपाेखरीमा सिला लेख अनावरण गर्दे सडककाे काम सम्पन्न भएको भन्दै सडकको उद्घाटन समेत गरेको थियोे । तर ठेकेदार कम्पनीले कानेपाेखरी देखि रंगेली भित्रसम्म् काम अधुरै छाडेर हिडेका थिए ।
कम्पनीले सडककाे दायाँबायाँमा नालामा ढक्कन नलागाई त्यसै छाडेर हिडेका थिए । ठेक्केदारले रंगेली नगरपालिका र कानेपाेखरी गाउँ पालिकासंग सडककाे काम सम्पन्न भएको भन्दै रकम निकासि गर्ने पत्र माग गरे पछि दुई पालिका प्रमुखहरुले साे सडकाे अनुगमन गरेका थिए । दुई पालिको पटक पटक आग्रहमा रंगेली नगरपाकिलाका मेयर दिलिपकुमार अग्रवाल र कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी बडा वडाध्यक्ष रामचन्द्र मण्डल, ढकप्रसाद आचार्य र अवधेश मण्डल तथा विभिन्न पाटिका प्रतिनिधि हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झा, हुलाकी सडक आयोजना कार्यालय इटहरीका योजना प्रमुख विजयी थापा, इन्जीनीयर दिपेन्द्र चौधरी, एक.एच,आर्डे,डि.सि. एल(टी.एल)तनोज वाजपोइ, लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सनका ठेकेदार टेन्डी शेर्पा लगाएतले अनुमगन गरेका थिए ।
कानेपोखरी चोक देखी रंगेलीदेखी दक्षिण भारता जोड्ने सिमाना सम्म २५.४० किलोमिटर सडकको अनुमगन गरेका थिए । अनुगमन पछि , सडक, फुटेकाे प्वाल परेको सडक र छेउमा भत्किएको सडक निर्माण गर्नुपर्ने, सवै निर्माण गरिएको ड्रेनमा ढकन लगाउनु पर्ने, बाँकी रहेको ड्रेन निर्माण गर्नु पर्ने, सडकको शाखा बाटोमा मापदण्ड अनुसार कालोपत्रे गर्नुपर्ने, रमाइलो चोकको इन्टरलक ब्लक इस्टीमेट अनुसार गर्नुपर्ने र चर्किएको सडक पुननिर्माण गरिनुपर्ने सहमती भएको छ ।
यी सवै कुरा गरिएमा मात्र रकम भुक्तानीको सिफारिस दिने दुई सहमति समेत भएको छ । यी सडकका बाँकी रहेका कामहरु चाँडै थालीने हुलाकी सडक निर्देशनालयका प्रमुख धर्मेन्द झाँले हिपमत डटकमलाई बताए ।