हिपमत डटकम

आइतबार, आषाढ १२, २०७९ || 8191  पटक पढिएको

काठमाडौं। मोडल नग्मा श्रेष्ठ र सागर थापा धुर्ब अभिनित बिल्कुलै नयाँ म्युजिक भिडियो ‘खुशीका मुहान’ सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक राजेश पायल राईको स्वर सुन्न सकिन्छ। यस गीतलाई अमेरिकामा रेहका गीतकार राज मुकारुङले लेखेका हुन् भने अम्बर तुम्बापो सुब्बाले संगीत भरेका हुन्। सहास शाक्यलको संगीत संयोजन रहेको छ। सेण्टिमेण्टल भर्सनको गीतमा जातका कारण वैवाहिक जीवनमा बाधिन नसकेका प्रेम जोडीहरुको कथा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा धुर्ब फिचर्ड छन्। बिशाल थापाले छायाँकन गरेको यस भिडियोलाई गायक ज्वाला राईले सम्पादन गरेका हुन्। उजन नेवा शाही प्रडक्शन म्यानेजर रहेको यस भिडियोलाई गायक सुरज तामाङको निर्देशनमा तयार पारिएको हो। भिडियो संगीतकार तुम्बापोको युट्युव च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफ़िसिएल’ मार्फत सार्वजनिक भएको हो। भिडियो मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!