हिपमत डटकम

आइतबार, आषाढ ०५, २०७९ || 740  पटक पढिएको

पोखरा। पोखराको तेर्सापट्टीमा रहेको सिएम स्विमिङ्ग पुलमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वत जिल्लाको मोदी गाउपालिका वडा नम्बर २ देउपुर घर भै हाल पोखरा महानगरपालिकाको वडा नम्बर ५ मालेपाटन बस्ने १३ वर्षीय दिपेश शर्मा रहेका छन् ।

आमा र भाइसगै स्विमिङ्ग पुलमा पौडिन गएका १३ वर्षीय बालकको आज दिउसो स्विमिङ्ग पुलमा डुबेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सस्विमिङ्ग पुलको छेउमा रहेको छातामुनी बसिरहेकी दुर्गा शर्मा ९आमाले आफ्नो छोरो दिपेश्लाई नदेखेपछि खोजी गर्दै गर्दा स्विमिङ्ग पुलमा डुबेको अवस्थामा फेला परेको स्विमिङ्ग पुलका कर्मचारीले जानकारी दिए। बालक दिपेशलाई डुबेको अवस्थामा देखिएपछि तत्काल उद्धार गरी उपचारका लागि फिस्टेल हस्पिटल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।भिडियो सहीत

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!