हिपमत डटकम

आइतबार, आषाढ ०५, २०७९ || 613  पटक पढिएको

अफगानिस्तानमा सन् १९७० को दशकमा २ लाख हिन्दू तथा शिख समुदाय थिए । मन्दिर र गुरुद्वारा काबुललगायत विभिन्न स्थानमा बनेका थिए । सन् १९७० भन्दा अघि त्यहाँ त्योभन्दा ठूलो संख्यामा हिन्दू, बौद्ध र शिख धर्मालम्बी थिए ।

हु एन साङले आफ्नो यात्रा वर्णनमा अफगानिस्तानका विभिन्न राज्यहरुमा बौद्ध समुदायको बाहुल्यबारे वर्णन समेत गरेका छन् । तर, ती सबै इतिहास भएका छन् । अफगानिस्तानमा गैर मुस्लिम समुदायमाथि आक्रमण गरेर लखेट्ने गतिविधि भएको छ ।

अहिले अफगानिस्तानमा १४० जना हिन्दू र शिख बाँकी रहेको तथ्यांक छ । उनीहरुलाई पनि लखेट्ने प्रयास भइरहेको छ । काबुलको गुरुद्वारामा आतंकवादी हमला भएको छ । जसमा हताहती भएको छ । यसलाई अफगानिस्तानबाट हिन्दू र शिख निमिट्यान्न पार्ने षड्यन्त्रका रुपमा लिइएको छ ।

सन् १९७० को दशकमा २ लाख शिख रहेकोमा सन् २०१६ मा आइपुग्दा ७ हजार थिए । अहिले त्यो संख्या घटेर १४० पुगेका छन् । सन् २०२० मा इस्लामिक अतिवादी आइएसले गुरुद्वारामा आक्रमण गरी २५ को हत्या गरिदिए । ४ सय वर्ष पुरानो गुरुद्वारामाथिको आक्रमण थियो त्यो ।

४ असारमा काबुलको गुरुद्वारामा आक्रमण हुँदा २ जनाको मृत्यु भएको छ । आक्रमणको बेला ३० जना शिख धार्मिक गतिविधिमा थिए ।

निरन्तरको आक्रमण योजनावद्ध रहेको छ । यो आक्रमण हिन्दू र शिखलाई अफगानिस्तानबाट निमिट्यान्न पार्न चालिएको कदमका रुपमा लिइएको छ ।-एजेन्सीको सहयोगमा Photo Source: AFP

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!