हिपमत डटकम

बिहिबार, जेठ १९, २०७९ || 614  पटक पढिएको

मोरङ। मोरङको बिराटनगर महानगरपालिका-४ बाट राजश्व छली अबैध रुपमा बिराटनगरबाट ईटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित १ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतिय नागरिक जोगवनी टिकुलियाका ३४ बर्षीय श्याम चौधरी रहेका छन् । चौधरीले BR 33 GB 2627 नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायत गरी अन्दाजी ४० लाख रुपैयाँ बराबरको सामान अवैध रुपमा राजस्व छलि गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर-४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।

अबैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!