हिपमत डटकम

बुधबार, जेठ ११, २०७९ || 748  पटक पढिएको

बुधबार सुन-चाँदीको मूल्य बढेको छ। केही दिन यता स्थिर रहेको सुन-चाँदीको मूल्य आज बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साताको पहिलो दिन अर्थात् आइतबारदेखि मंगलबारसम्म सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो। चाँदी भने प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

यसर्थ, आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!