हिपमत डटकम

मंगलबार, जेठ ०३, २०७९ || 660  पटक पढिएको

स्थानीय तहको चुनावपछि खुलेको बजार एकैदिन ८४.९० अंकले घटेको छ। मंगलबार बजार घटेर २,२६५.५२ विन्दुमा पुगेको छ।

निर्वाचनका कारण बैंकिङ प्रणालीमा रकम भित्रिने अपेक्षामा रहेका लगानीकर्ताहरू हतास हुँदा बजार घटेको हो। यद्यपि बैंकिङ प्रणालीमा पुँजी भित्रिएको वा नभित्रिएको भन्ने तथ्यांकहरू सार्वजनिक भएका छैनन्।

बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो साता कारोबार रकम दुई अर्ब माथि पुगेकोमा आज कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रूपैयाँमा सिमित छ।

आज जम्मा २२१ किसिमका धितोपत्र तथा ऋणपत्र कारोबार हुँदा ३५ लाख ९५ हजार ७४८ सेयर किनबेच भएको छ।

आज ८ वटा धितोपत्र तथा ऋणपत्रको सेयर मूल्य बढेको छ भने २०८ वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ वटै उपसमूहहरूको नकारात्मक देखिएको छ। आज सबैभन्दा धेरै अन्यको ६.०१ प्रतिशत, फाइनान्सको ५.७५ प्रतिशत र हाइड्रोपावरको ५.२८ प्रतिशतले घटेको हो।

मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४.९६ प्रतिशतले मात्र मूल्य वृद्धि भएको छ।

गत साता बजार बन्दा हुँदा बिहीबारसम्म सकारात्‍मक सर्किट लागेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भने कारोबार रकमको आधारमा सबैभन्दा धेरै कारोबार भएको छ। संस्थाको ९ करोड ७९ लाख ९ हजार रूपैयाँको कारोबार भएको हो।

यसपछि अरुण भ्याली हाइड्रोपावरको ५ करोड ६९ लाख ५१ हजार रूपैयाँ, सानिमा माइँ हाइड्रोपावरको ५ करोड ५६ लाख ३४ हजार रूपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५२ लाख ६५ हजार रूपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ५ करोड १९ लाख ७२ हजार रूपैयाँको कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!