हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 1176  पटक पढिएको

बिराटनगर। नेकपा एमालेका दिग्गज नेता स्व .मदन भण्डारीको घर रहेको मोरङको रतुवामाई १० नं वडामा नेपाली कांग्रेसका आशिष कार्की १३२१ मतका साथ विजयी भएका छन्।

कार्कीले एमालेका रतुवामाई नगर अध्यक्ष देवी प्रसाद दाहाललाई ११२ मतले पराजीत गरेका हुन् ।अघिल्लो स्थानीय तहको निर्वाचनमा यस वडामा एमालेक उम्मेदवारले विजय प्राप्त गरेका थिए ।
कार्कीले बिजय र्याली गरिरहदा भने यो मेरो जित होईन यो रतुवामाई १० को जनताको जित हो। जुन जनमत यहाको जनताले मलाई दिनु भयो सदैव यो जनमतको कदर गर्दै अगाडी बढ्ने छु कार्कीले हिपमत डटकमलाई टेलिफोन मार्फत जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!