बुधबार, बैशाख ०७, २०७९ || 581  पटक पढिएको

बजारमा हरेक वस्तुको मूल्य बढेको छ । सीमित आयस्रोत हुने सर्वसाधारणलाई दुई छाकको खानासमेत खान धौ–धौ छ ।

दैनिक गुजारा कष्टकर बन्दै गएको छ । भान्सामा पाक्ने तरकारी र फलफूल पनि सामान्य आयस्रोत भएकाका लागि निकै सकस बन्न थालेको छ । कागतीकै कुरा गर्ने हो भने ५ रुपैयाँ दाना पनि नपर्नेमा अहिले ३० रुपैयाँ दानासम्म भएको छ ।

एक महिनाअघिसम्म विराटनगरको बजारमा १ सय रूपैयाँमा १ झोला कागती पाइन्थ्यो र, झोलामा ३५ वटासम्म कागती हुन्थ्यो । कागती सस्तो भएकोमा उपभोक्ता खुसी थिए । तर खुशी धेरै टिक्न सकेन । विराटनगर–१ की रश्मी न्यौपाने यति छिटो कागतीको मूल्य आकाशिएको देख्दा छक्क परेकी छन् । न्यौपाने भन्छिन्, ‘मैले १ सय रूपैयाँमा १ झोला कागती किनेको धेरै भएको छैन तर अहिले एक झोला पैसाले एक दाना कागती किन्ने बेला आयो ।’ न्यौपानेले १० रूपैयाँ बोकेर कागती किन्न सब्जी पसल पुगेकी थिइन् । तर पसल संचालकले दानाको ३० रूपैयाँ भनेपछि उनी रित्तै फर्किइन् ।

विराटनगर–२ मा सब्जी पसल संचालन गर्ने सन्तोष सहनीले आफूहरूपनि कागतीको दामबाट पीडित बनेको बताए । उनले नेपाली कागती नपाइने र भारतीय कागतीमा भर पर्नु पर्ने भएकोले मूल्यवृद्धि भएको सुनाए । घर घाटा खाएर कागती बेच्नु परेको गुनासो साहनीको थियो । उनले ठूलो दाना मात्रै बिक्री गर्दा घरखेत नै जाने स्थिति भएकोले ठूलो र सानो दाना मिसाएर बेच्नु परेको बताए ।
कागतीमात्र होइन हरेक प्रकारका सब्जीको मूल्य ५० देखि सय प्रतिशतसम्म बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!