बुधबार सेयर बजार परिसूचक नेप्सेमा पुनः ३६ अंक माथिको गिरावट आएको छ । लामो समयको अन्तरालपछि मंगलबार मात्र १३ अंकले बढेको नेप्सेमा बुधबार पुनः ३६ अंक माथिको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३६.७३ अंकले घट्दै २३ सय २०.५१ अंकमा झरेको छ । यस्तै क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत आज ६.६९ अंकले घट्दै ४४१.०८ अंकमा झरेको नेप्सेले जनाएको छ ।
१३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक अधिकतम ३.८२ अंकले घटेको छ भने अन्य समूह ३.०५ अंकले घटेको छ ।
यस्तै, विकास बैंक समूहको उपसूचक २.६१ प्रतिशतले, होटल तथा पर्यटन समूह २.२५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक २.१२ प्रतिशतले घटेको छ । अन्य बाँकी उपसूचकहरु २ प्रतिशत भन्दा कम दरमा घटेका छन् ।
३६ अंक माथिले घटेको बजार आज जम्मा एक अर्ब ४५ करोड ८७ रुपैयाँको मात्र कारोबार भएको छ ।