क्षमा माग्नुको पनि सीमा हुन्छ ?

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

बुधबार, बैशाख ०७, २०७९ || 562  पटक पढिएको

प्लेनबाट उत्रेपछि भनियो, ‘प्राविधिक कारणले २ घण्टा ढिलाई हुन गएकोमा क्षमापार्थी छौं ।’

पछिल्लो समय विमान सेवाहरूका लागि क्षमा शब्द नेताहरूको खोक्रो आश्वासन भन्दा कम छैन । हरेक फ्लाइट ढिलो हुनु सामान्य बनेको छ । रुट धेरै बनाउने अनि भएका प्लेनलाई यता र उता गर्दा सेवा ढिलो भएको हो भन्ने कुरा कमैलाई थाहा छ ।

ट्राफिक जाम, मौसम खराबलगायतका समस्या सामान्य भइसके । अब यात्रुले यो कुरा पत्याउने बाला छैनन् । तर, प्लेन ढिलो हुँदाको धेरै फाइदा छ । विमानस्थलका महङ्गा क्याण्टिन चलेका छन् । ३०÷४० रुपैयाँमा पाउने कफीको मूल्य यात्रुले ३ सय रुपैयाँसम्म तिरेकै छन् । १० रुपैयाँमा पाउने कालो चियाको मूल्य १५० तिर्दा पनि भएकै छ । लुट छ हाम्रो नेपालमा ।
कहाँ उजुरी गर्ने ? कसलाई उजुरी गर्ने ? उजुरी गरेर के हुन्छ ?

नेपालमा अहिले पछिल्लो समय विमानस्थलमा जति लुट अरु ठाउँमा कमै होलान् । तोकिएको समयमा जहाज उड्दैन भने यात्रुलाई फोन गरेर ‘तपाईंको जहाज यति घण्टा ढिलो हुने भयो, कृपया समय मिलाएर आउनुहोला, अरु काम भए गर्नुहोला’ भन्न त सकियो नि ! अहँ छैन ।
कतै विमान कं. र क्याण्टिनबालाहरूको लुटमा सहमति त छैन ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!