हिपमत डटकम

मंगलबार, माघ २५, २०७८ || 680  पटक पढिएको

सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

लगानीकर्ताको अपेक्षा स्थानीय निर्वाचनको मिति घोषणाका कारण बजारमा उछाल आउने थियो । सोही अनुसार बजार सुरुवाती केही मिनेट उच्च अंकले बढेको पनि थियो । त्यसपछि घट्न थालेको बजार सम्हालिन सकेन । मंगलबार १६.३० अंकले घटेर बजार २८३५.५८ विन्दुमा झरेको छ ।

मंगलबार कुल २३० कम्पनीको ७१ हजार ३ सय ४० वटा कारोबारबाट १ करोड २० लाख ५३ हजार ७ सय ५१ कित्ता शेयर किनबेच भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार, होटेल र पर्यटन, नीर्जिवन बीमा, उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसमुह हरियो रह्यो । अन्य सबै उपसमूह राताम्य रहेको छ । सबैभन्दा धेरै जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाए ।

घटेको बजारमा नेपाल इन्स्योरेन्स प्रालि, बुद्धभूमि नेपाल जलविद्युत, राष्ट्रिय बीमा कम्पनी, वीन नेपाल लघुवित्तलगायत कम्पनीको मूल्य बढ्यो । यस दिन लिवट्री इनर्जी, नेपाल हाइड्रो, बोटलर्स नेपाल, यूनिभर्सल पावरसहितका कम्पनीको मूल्य सबैभन्दा धेरै घट्यो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!