हिपमत डटकम

सोमबार, माघ १७, २०७८ || 672  पटक पढिएको

जहदा। लक्ष्मीनिया युवा क्लबले जहदा गाउँपालिकाको सहयोगमा स्थानीय सहिद दिनदयाल मण्डल-तल्लु हेम्ब्रम स्मृति पार्क निर्माण कार्य सम्पन्न गरिसकेको छ।

मधेश आन्दोलनको क्रममा जहदा-५ का दिनदयाल मण्डल र जहदा-४ का तल्लु हेम्ब्रम सहिद भएका थिए। सहिदहरुको सम्मानको लागि गाउँपालिकाले उक्त सहिद स्मारक पार्क बनाएको हो।

सहिद दिवसको अवसरमा सो सहिद स्मृति पार्कको उदघाटन जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलले रिबन काटेर गर्नु भएको हो। उदघाटनको साथसाथै जहदा-५ मा निर्माण भएको सहिद दिन दयाल मण्डल र तल्लु हेम्ब्रमको प्रतिमामा मालार्पण गरेका हुन्।

उदघाटन कार्यक्रममा सहिद दिनदयाल मण्डलको श्रीमती राधा देवी मण्डल र तल्लु हेम्ब्रमको आमा शैली टुडु दुबैजनालाई दोसाला र माला लाएर गाउँपालिका अध्यक्ष कैलाश प्रसाद मण्डल र उपाध्यक्ष शालो देवी साहले सम्मान गरेका हुन्। सहिदहरुको प्रतिमा निर्माण गर्ने बहुप्रतिभाशाली तुलसी कलाकारलाई आयोजक लक्ष्मीनिया युवा क्लबले सम्मान गरेको क्लबका अध्यक्ष नितेश साहले हिपमत डटकमलाई बताए।

कार्यक्रममा जहदा गाउँपालिका उपाध्यक्ष शालो देवी साह, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, जहदा-३ का वडा अध्यक्ष अनिल कुमार ठाकुर, जहदा-४ का वडा अध्यक्ष जयनरथ गिरि, जहदा-५ क वडा अध्यक्ष जगदीश सिंह, जहदा-७ का वडा अध्यक्ष भगवानलाल वेश्रा, कार्यपालिका सदस्य बिनिता सिंह, मुस्कान कामत, बिन्ती यादव, नेकपा माओवादी प्रदेश सदस्य राजकुमार यादव, जसपा महिला कमिटि अध्यक्ष सदिना खातुन, सहिद परिवारका आफन्त लगायत बिभिन्न सामाजिक अगुवा र गाउँबासीको उपस्तिथी थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!