रतुवामाई। मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राईले एकै घरका ५ अपांगता भएका परिवारलाई घरमा पुगेर न्यानो कपडा वितरण गरेका छन् ।
आईतबार गरिब तथा विपन्न अपाङ्गता भएका ब्यक्तिहरुलाई घरैमा पुगेर न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तर्गत आज रतुवामाई ८ स्थित एउटै परिवारका ५ जना अपाङ्गता भएकाको सिर्जना ढुंगेलको परिवारमा पुगेर नगर प्रमुख राईले न्यानो कपडा वितरण गरेका हुन।
कपडा वितरण गर्दै नगर प्रमुख राईले परिवारका ५ जना सदस्य अपांगता भएपछी परिवारमा आईपर्ने दुख कष्टलाई मध्यनजर गर्दै परिवारको पालन पोषण तथा स्याहार सुसारका निम्ति आवश्यक व्यवस्थापन नगरपालिकाले गर्ने बताए।