हिपमत डटकम

आइतबार, पौष १८, २०७८ || 392  पटक पढिएको

पोखरा, १७ पुस । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । पोखरामा शनिबार सम्पन्न एक भेलाले सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यिय तदर्थ समिति गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी र महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्षमा सर्मीला सुनार रहनुभएको छ । समितिको सदस्यहरुमा सृजना गौतम, सविता शेरचन, विन्दुचन्द्र बराल, दुर्गा बहादुर बजगाई, दिक्षा भण्डारी, पार्वती तामाङ्ग, यज्ञ कुमारी पौडेल, आइ बहादुर वि.क, रामचन्द्र खड्का, विक्रम श्रेष्ठ, बावुराम क्षेत्री, भुमिराज सुवेदी, हुमादत्त रेग्मी, त्रिकासी गुरुङ, सृजना श्रेष्ठ र सरोग गिरी रहनुभएको छ ।
यस्तै समितिको सल्लाहाकारमा अधिवक्ता वेदनाथ भण्डारी, पुर्व प्रशासक रामचन्द्र पौडेल र अधिवक्ता जनकल्याण पराजुली रहनुभएको छ ।

यस अघि कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले उपभोक्ताको हक हितका लागि संस्थाले युद्धस्तरमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – उपभोक्ताको हितका लागि हामी सरोकारवालाहरुसंग निरन्तर खबरदारी र समन्वय गरि अगाडी बढ्न चाहान्छौँ । उहाँले आफुहरुले सरकारसंग धेरै कुरा माग नराखेको भन्दै गुणस्तरीय बस्तुको उपभोग गर्न पाउने उपभोक्ताको नैसर्गिक अधिकारको प्रत्याभुति र कालोबजारी अन्त्य हुन हुनुपर्ने उहाँको भनाई रहेको छ । उहाँले ऐन नियममा स्पष्ट व्यवस्था भएपनि नेपालमा भौतिक पुर्वाधारको क्षेत्रमा निकै अनियमिता भएको भन्दै त्यसको विषयमा महासंघले जोड दिएर आवाज उठाउने बताउनुभयो ।

परिवर्तन सम्भव भएको बताउदै केन्द्रीय अध्यक्ष साउदले भन्नुभयो – निरन्तर सरकारी निकायसंगको समन्वयमा उपभोेक्ताको हितका लागि हामी सदैव तन मन धन दिएर यो देशको विकासका निम्ती लागिपर्ने छौँ ।
साथै अध्यक्ष साउदले अहिले रहेका अन्य उपभोक्ता अधिकारका लागि रहेका संघसंस्था पनि महासंघको सदस्य बन्न सक्ने बताउनुभयो । आफुहरु कुरा कम काम बढी गर्नेगरि देशभर शाखा विस्तारको क्रममा रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रोहित बहादुर क्षेत्रीले अहिले महासंघले आम मानीसको सरोकारको विषयमा उठाउनुपर्ने आवाजलाई बुलन्द बनाउन देशको संघिय शासन अनुसार स्थानिय तह, प्रदेश र संघमा समिति गठन गरि काम गर्ने योजनामा रहेको बताउनुभयो ।
त्यस्तै केन्द्रीय सचिव जिवन बानियाले अन्य उपभोक्ता अधिकारकर्मी र नेपाली उपभोक्ता संरक्षण महासंघका अधिकारकर्मीबीच निकै भिन्नता हुन जरुरी रहेको बताउनुभयो । समाजमा व्याप्त कालोबजारी अन्त्य गर्दै भ्रष्टचारमुक्त समाजको निर्माणमा महासंघ र यसका सदस्यहरु निरन्तर लागिरहने बताउनुभयो । आफुहरु अहिले शाखाहरु विस्तारको क्रममा रहेको भन्दै सबै ठाउँमा शाखाविस्तार गरिसकेपनि आम मानिसले देखिनेगरि काम गर्ने योजनासमेत सुनाउनुभयो ।

नेपाल सरकारको गृहमन्त्रालय मार्फत उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघ २०७८ सालमा दर्ता भएको संस्था हो । यसको गण्डकी प्रदेश समिति ५ वटा प्रदेशमा प्रदेश समिति गठन भएको छ भने सुदुरपश्चिम प्रदेशको ८ जिल्लामा जिल्ला शाखा विस्तार भएको छ । यस्तै प्रदेश १ मा पनि शाखा विस्तारको काम सुरु भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!