डिसहोका ग्रहकहरुले टिभी रिचार्ज गराएमा इन्टरनेट सुबिधा सित्तैमा पाउने भएका छन् । डिसहोम फ्रि इन्टरनेट अफर अन्तरगत सो सुबिधा पाउने भएका छन् । यस अफर अन्तरगत भ्याट सहित मात्र १३ हजार ३ सय बिसमा १०० एम बि पि एस इन्टरनेट सहितको सुबिध व्यवस्था गरिएको हो ।
डिस होमको इन्टरनेट अफर अन्तर्गत नयाँ ग्रहकहरुको लागि समेत विशेष सुबिधाको व्यवस्था गरिएको विराटनगर क्षेत्रका डिसहोका डिष्ट्रिब्युटर अमिताभ माहेश्वरीले बताए । उनका अनुसार नयाँ ग्राहकहरुले मात्र १२ हजार ९ सय पनचान्वेमा नयाँ डि एच सेट र २५ एम बि पि एस इन्टरनेट पाउने छन् । ४ हजार पर्ने डि एच सेट १, मासिक ६ सय पर्ने टि भी रिचार्ज र २५ एम बि पि एस इन्टरनेट यस पेकेज अन्तर्गत पाउने उनले बताए ।
हाल १०, १५, २५, ४०, ६०, ८० र १०० एम बि पि एस इन्टरनेट पेकेज संचालनमा रहेको माहेश्वरीले बताए । २५ एम पि एस इन्टरनेट खरिद कर्ता ग्राहकले ६ सय पर्ने टिभी रिचार्ज निःशुल्क पाउने छन् । भ्याट सहित ११ हजार ३ सयमा यो सुबिधा उपलब्ध रहेको उनले बताए । माहेश्वरीका अनुसार यस अफर अन्तर्गत भ्याट सहित १३ हजार ३ सय बिसमा १०० एम बि पि एस इन्टरनेट पाउने भएकोले धमाधम बुकिङ्ग भई रहेको छ ।