जनकपुरधाम । कामाख्या परिवार नेपाल जनकपुरधाम, सेवा सहयोग संगै सुशासनको क्षेत्रमा समेत सकृय रहेको प्रदेश २ सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् । संस्थाको छैठौं वार्षिकोत्सब तथा संस्थापक अध्यक्ष गुरु बाबा विभाषलाभको शुभजन्मोत्सवको अवसरमा उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ कणेलले कामाख्या परिवार नेपाल जनकपुरधाम गैर सरकारी संस्था भएपनि सुशानको क्षेत्रमा सकृय रहेको बताए । उनले संस्थाद्वारा प्रदान गर्ने सेवा सहयोग कार्यक्रममा कैयौंपटक आफु पनि सहभागी भएको सम्झिंदै यसले सामुदायिक सद्भाव कायम गर्दै समाजिक रुपान्तरणमा समेत अगाडि बढेको बताए । प्रजिअ कणेलले कामाख्या परिवारको उन्नति प्रगति तथा संस्थापक अध्यक्ष गुरु बाबा विभाषलाभको शुभजन्मोत्सवको शुभकामना समेत दिएका थिए ।

सर्लाहीको बरहथवामा कामाख्या परिवार सर्लाही शाखाका अध्यक्ष राकेश चौधरीको अध्यक्षतामा संस्थाको छैठौं वार्षिकोत्सव तथा गुरु बाबा विभाष लाभको शुभजन्मोत्सव मनाइएको थियो । सो अवसरमा प्रमुख अतिथी प्रजिअ कणेललाई अभिवन्दना गरेको थियो । त्यस्तै ३० जनालाई विशिष्ठ सम्मान र करिब १ सय भन्दा बढीलाई सम्मान गरेको थियो । साथै बरहथवा सर्लाही शाखाद्वारा जन्मोत्सवको उपहार स्वरुप प्रदान गरिएको ३४ बोरा चामल र साडी स्थानीय विपन्न परिवारलाई जनही १ बोरा चामल र एक खण्ड साडी सहयोग वितरण गरिएको सर्लाही शाखाका सुरेन्द्र साहले बताए ।

कार्यक्रमका विशिष्ठ अतिथी सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले संस्थाद्वारा स्थापना गरिने गो सेवाधाम, वात्सल्यधाम तथा आश्रयधामको लागि हरेक प्रकारको सहयोग गर्ने बताए । शुभकामना मन्तव्यकै क्रममा एस पी प्रसाईंले संस्थालाई पचपन्न हजार पाँच सय पचपन्न रुपैया सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै एन आइ सी एशिया बैंकका ए सी इ ओ राजेश रावलले १ लाख ५१ हजार र सोही बैंकका बागमति इन्चार्ज अमित केसीले ५५ हजार सहयोग गर्ने घोषण गरेको संस्थाकी सचिव ललिता लाभले जानकारी दिईन् ।

कार्यक्रममा प्रेश काउन्सिल प्रदेश २ का सदस्य, महिला अधिकारकर्मी बन्दना झाले कामाख्या परिवार महिला सशक्तिकरणको क्षेत्रमा सकृय भूमिका निर्वाह गरि रहेको बताईन् । उनले बाबा विभाषको अथक प्रयासले दर्जनौं परिवारमा खुसयाली छाएको बताईन् । झाका अनुसार सन्तान नहुँदा निरास भई आत्महिनता तथा पारिवारिक हिंसामा बाँचि रहेका परिवारहरु तथा अन्य कारणहरुले पारिवारीक कल्हमा रहेका परिवारहरु अहिले खुशिका साथ बाँचि रहेका छन् ।

त्यस्तै कार्यक्रमका अन्य वक्ताहरुले कामाख्या परिवार तथा गुरु बाबा विभाष लाभको कार्यको प्रशंसा गर्दै उन्नति प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका थिए । संस्थाकी सचिव ललिता लाभले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । उनले नियमित कार्यक्रमहरु बाहेक दीर्घयोजनामा गो सेवाधाम, वात्सल्यधाम, आश्रयधाम स्थापना गर्ने योजना रहेको बताईन् ।

वि. सं. २०७३ साल मंसिर ११ गते गुरु बाबा विभाष लाभको शुभजन्मोत्सवको अवसरमा कामाख्या परिवार नेपालको स्थापना भएको हो । नेपालको धनुषा, महोतरी, सर्लाही, सिन्धुली, काठमाण्डौ सहित भारत विहारको सिवान, मुज्जफरपुर र अमेरिकाको केलिफोर्नियामा समेत यसका शाखा रहेका छन् ।

कार्यक्रममा कामाख्या परिवारका कानुनी सललाहकार अधिवक्ता गोकुल भण्डारी, प्रा. डा. मनोज मिश्र, इलाका प्रहरी कार्यालय बरहथाका डी एस पी उमाशंकर यादव, समाज सेवी केदार खत्री, सिन्धुली शाखा अध्यक्ष जयन्त कार्की, नलनी कर्ण, लालबाबु साह, पशुपति कार्की, नवीन दास, मेनका चौधरी लगायत जनकपुर, महोतरी, सर्लाही, सिन्धुली र काठमाण्डौ शाखाका सदस्य एवं शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घोण कृष्ण पुलामीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!