हिपमत डटकम

मंगलबार, कार्तिक ३०, २०७८ || 484  पटक पढिएको

पथरी शनिश्चरे नगरपालिका २ जय चोक स्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ बर्षीय छोरा बिवस आचार्य रहेका छन् ।

 

आज बिहान साढे ७ बजे प्रदेश-३-००१ ख २०० नम्बरको काठमाडौबाट आएको नाईट बसले बालक आमासंग बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भिर घाईते भएका बालकको उपचारको लागी पथरी अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

 

दुर्घटना गराई फरार रहेको बसलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले चालक भोजपुर रामप्रसाद राई गाऊपालिका ६ का ३४ बर्षीय शम्भु थापा सहितलाई पक्राउ गरेको छ ।

 

घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!