हेटौंडा उपमहानगरपालिका-३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षीय उमेश लामालाई १०५.६६ क्युफिट सालको चिरान काठ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्दा लामाको बन्द रहेको भान्साकोठामा लुकाई राखेको अवस्थामा उक्त काठ फेला पारी उनलाई काठ सहित पक्राउ गरेको हो ।
बरामद काठ सहित उनलाई थप अनुसन्धानको लागि वन कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।