रुपन्देही, मायादेवी गाउँपालिका-८ मायादेवी चोकस्थित सडकमा लु.५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना.३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी रौतहट, चन्द्रपुर नगरपालिका-१ पौराई पुलस्थित सडकमा प्रदेश २ -०३-००६ प ४०१३ नम्बरको मोटरसाइकललाई ना.६ त ४७३ नम्बरको ट्याक्टरले शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने २२ वर्षीय सरोज मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज नेशनल मेडिल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।