नेपाली काङ्ग्रेस रंगेली नगर समितिले शनिबार एक कार्यक्रमकाे आयोजना गर्दे नेपालीहरुकाे दाेस्राे पर्वकाे रुपमा रहेको दिपावली तथा छट पर्वकाे अवसरमा रंगेली स्थित दिनाबावु धर्मशालाकाे प्राङ्गणमा शुभकामना आदान प्रदान कार्याक्रममा गरेको थियोे ।

कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सरकारका रक्षा मन्त्री डाक्टर मीनेन्द्रप्रसाद रिजालले अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने र नागरिकता भोट माग्ने साधन मात्र नभएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकले बंशजको आधारमा नागरिकता पाउनु पर्ने कुरामा जाेड दिएका छन ।

अहिले नागरिकता नभएकै कारण कतिपय दाजुभाइ दिदी बहिनीले सरकारी सेवा सुविधा लिन समेत नपाएको उनलेे बताए । कम्युनिष्ट सरकारले नागरिकता वितरणको विषयलाई वेवास्ता गरेकाे आरोप समेत लगाएका छन । मन्त्री रिजालले भने कार्तिक महिनामा आएकाे बाढीका कारण धानबालीमा क्षति पुगेका किसानलाई सरकारले क्षतिपुर्तिको ब्यवस्था गरेको र एक बिगाहा भन्दा कम खेती भएका किसानहरुलाई प्रति विगाहा ८६ हजार लागत मूल्य तोकेर त्यसको ६५ प्रतिशत क्षतिपुर्ति उपलब्ध गराउने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, मोरङ सभापति डिगबहादुर लिम्बू , मोरङ सचिव मोदराज घिमिरे युवा नेता सन्जिव श्रेष्ठ , अबिषेक अधिकारी , नरेश साह दलितका जिल्ला सचिव शत्रुधन रजक लगायतकाे समेत उपस्थिति रहेको थियो । कार्यक्रम नगर सभापति जगरनाथ मण्डलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वभिन्न पाटि परित्याग गरेर १ सय ३० जनायुवाहरुलाई प्रमुख अतिथिले फुलमाला सहित सम्मान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!