हिपमत डटकम

शुक्रबार, कार्तिक १२, २०७८ || 737  पटक पढिएको

काठमाडौं महानगरपालिका-९ सिनामंगलमा सप्तरी सुरुङ्गा नगरपालिका-७ बस्ने ३५ वर्षीय अजय कुमार चौधरीको २५ ग्राम सुन, १ थान मोबाइल र ६ सय कतारी रियाल समेत गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ लुटपाट भएको छ ।

कतारबाट नेपाल आएका चौधरी बा.२ ज १०९५ नम्बरको ट्याक्सीमा तिनकुनेतर्फ जाँदै गरेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरुले हामी सिआईडी हौं भन्दै उक्त धनमाल लुटपाट गरी फरार भएको बताइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!