काठमाडौं महानगरपालिका-९ सिनामंगलमा सप्तरी सुरुङ्गा नगरपालिका-७ बस्ने ३५ वर्षीय अजय कुमार चौधरीको २५ ग्राम सुन, १ थान मोबाइल र ६ सय कतारी रियाल समेत गरी करिब २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ लुटपाट भएको छ ।
कतारबाट नेपाल आएका चौधरी बा.२ ज १०९५ नम्बरको ट्याक्सीमा तिनकुनेतर्फ जाँदै गरेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरुले हामी सिआईडी हौं भन्दै उक्त धनमाल लुटपाट गरी फरार भएको बताइएको छ ।
घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।