हिपमत डटकम

बिहिबार, कार्तिक ११, २०७८ || 642  पटक पढिएको

मोरङ व्यापार संघले विराटनगरको हाटखोलास्थित जीर्ण अवस्थाको सिंघिया पुलको यथाशीघ्र जीर्णोद्वार गरिनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, मोरङमा ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष प्रकाश मून्दडाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत संघका अध्यक्ष मून्दडाले विराटनगर र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडकखण्डमा पर्ने हाटखोलास्थित पुलको नाजुक अवस्थाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मोरङ–सुनसरी आर्थिक कोरिडोरअन्तर्गत रहेको कटहरीसहित आसपासका क्षेत्रमा संचालित सयौं उद्योग, कल–कारखाना तथा मोरङका पूर्वी भेगका अधिकांश बजारलाई औद्योगिक नगरी एवं व्यावसायिक केन्द्र विन्दु विराटनगर शहर र विराटनगर भन्सार नाकासँग जोड्न तथा आवागमन गर्न पुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै एकमात्र विकल्पको रुपमा रहेको बताए ।
लामो समयदेखि सामान्य जिर्णोद्वार मात्र गरिँदै आएको उक्त पुल हालको भीषण बाढीका कारण थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेको जानकारी गराएका थिए ।

अध्यक्ष मून्दडाले यस कोरिडोरका आर्थिक क्रियाकलापहरुमध्ये सो क्षेत्रमा औद्योगिक÷व्यावसायिक गतिविधिहरु र मालवाहक सवारी साधानहरुको आवागमन चाप अत्याधिक हुने गरेको जनाउँदै हालको जीर्ण अवस्थाको सो पुलको समयमै जिर्णोद्वार नगरिए निकट भविष्यमै पुल क्षतिग्रस्त हुन गई जनधनको ठूलो क्षति हुन सक्ने छ ।

सो क्षेत्रसँगको मार्गविच्छेद भई सयौँ औद्योगिक÷व्यावसायिक प्रतिष्ठान र स्थानीय बजारको आर्थिक गतिविधि ठप्प हुने, हजारौंले रोजगारी गुमाउने आदि विभिन्न भयावह स्थिति सृजना हुनेतर्फ सचेत गराए ।

पुलको जिर्णोद्वार तथा क्षमता विस्तारका कार्यहरु शीघ्रताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै सोका लागि सम्बन्धित निकायमा पहल गर्न ज्ञापनपत्रका साथ पुलको वर्तमान अवस्थाको तस्वीर संग्रह उनले हस्तान्तरण गरेका थिए ।

संघका अध्यक्ष मून्दडा, उद्योग उपाध्यक्ष अनुपम राठी, महासचिव अनिलकुमार साह र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीको सहभागिता रहेको टोलीको ज्ञापनपत्र बुझ्ने क्रममा मोरङका प्रमुख जिल्ला अधिकारी दाहाल, सहायक प्रजिअ सरदकुमार पोखरेल र महेशराज तिम्सिनाको उपस्थिति थियो । संघका अध्यक्ष मून्दडाले शहरी विकास कार्यालय, मोरङका कार्यालय प्रमुख मिलन आचार्यसँग भेटेर पुल जिर्णोद्वारका लागि पत्र बुझाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!