हिपमत डटकम

सोमबार, भाद्र २८, २०७८ || 574  पटक पढिएको

नेपालमा आज (सोमबार) अमेरिकी डलरको खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने घटेको छ । आज यूरोको खरिददर १३८.६० र बिक्रीदर १३९.३१ रुपैयाँ निर्धारण भएको छ । यो मुद्राको खरिददर र बिक्रीदर हिजोको तुलनामा २४ पैसाले घटेको हो ।

बेलायती पाउण्डको खरिददर १६२.३७ र बिक्रीदर १६३.२० रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६.२९ र बिक्रीदर ८७.७३ रुपैयाँ कायम भएको छ ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.४४ र बिक्रीदर ८७.८७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६७ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ ।

यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.२८ रुपैयाँ तथा बिक्रीदर ३१.४४ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, कतारी रियालको खरिददर ३२.२१ र बिक्रीदर ३२.३८ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ३१.९४ र बिक्रीदर ३२.१० रुपैयाँ तथा मलेसियन रिंगेटको खरिददर २८.३६ र बिक्रीदर २८.५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर १०.०२ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ, हङकङ डलरको खरिददर १५.०८ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१६ रुपैयाँ तोकिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!