हिपमत डटकम

शनिबार, भाद्र १९, २०७८ || 692  पटक पढिएको

वि वि श्रेष्ठ
शक्ति संघर्षको लामो कोसिसपछि अन्तत एमाले विभाजित भएको छ । देश र जनतालाई हैन, आफैलाई नै शक्तिकेन्द्रमा राखेर अगाडि बढ्को परिणाम नै हो, एमाले विभाजन ।

एमालेको नवौँ महाधिवेशनवाट केपी ओलीसँग पराजित भएको माधव नेपालको कुण्ठा अन्ततः नराम्रो सँग उजागर भएको छ । विधि र पद्धतीको नारा उराल्ने नेपाल नेकपा एकीकृत (समाजवादी) गठन गरेर सत्तामोहको पराकाष्ट प्रस्तुत गरेका छन् ।
पार्टीको कार्यदिशा, विचार र संगठानिक रुपमा जवजको चर्को वकालत गर्दे आएको माधव नेपालको नव गठित पार्टीको मुख्य कार्यभार समेत प्रष्ट नहुनाले समेत माधव कुमार नेपाल के चाहन्छ भन्ने पुष्टि भएको छ ।

नवौँ महाधिवेशनवाट पराजित माधव नेपालको कुष्ठाले पार्टी र जनतालाई कहाँ पु¥यायो ? फगत ओलीलाई अध्यक्ष स्वीकार गर्ने नसक्ने नेपाल आफुलाई केन्द्रभागमा राख्नका लागि गरिएको तिकडमले अन्तत एमालेको कार्यकर्तालाई नै विभाजित बनायो । हारेर पनि अध्यक्ष वन्नुपर्ने सोच, आफुमात्र सवल भन्ने आत्मरतिले आफ्नै पार्टीको वहुमतको सरकारलाई प्रतिपक्षमा पु¥यायो ।

विमती र असहमति पार्टीका विधान, कार्यशैली र संगठनमा हुन्छ, नकि व्यक्तिमा । एमाले आफैमा साधन हो, साध्य होईन, यो आफैमा क्रियाशिल रहन्छ, व्यक्तिको नेतृत्व समयचक्रसँगै फेरवदल हुन्छ भन्ने समेत यथार्थलाई आत्मासात नगरेका माधव घर जलाएर खरानीको व्यापार गर्न उद्यत भईरहेका छ । ओली नवौ महाधिवेशनवाट निर्वाचित अध्यक्ष हुन्, त्यो पद कसैले चाहदैमा प्राप्त गर्न सक्ने हुदैन ।
विधिसम्मत तवरवाट निर्वाचित अध्यक्षलाई हटाएर आफै अध्यक्ष हुनका लागी गरिएको तिकडम क्षम्य हुन सक्दैन । अर्को महाधिवेशनवाट पुनः अध्यक्षमा निर्वाचित हुन सकिने वाटो हुदाँहुदै पनि रोदनवाट प्राप्तिको आश गर्नुले पनि नेपालको विधि र पद्धती पुष्टि हुन्छ ।
नयाँ गठन गरिएको पार्टी एकीकृत (समाजवादीका)को अबको बाटो के ? नेतृत्व समेत प्रष्ट भईनसकेको अवस्थामा नेपालको नेतृत्व गरेको पार्टी अन्तत लामो समय चल्न नसक्ने निश्चित छ ।

नेपालको राजनितीमा फुटेर गएको पार्टीले जनाधार तय गरेको ईतिहास छैन । फुट के का लागि भन्ने समेत पुष्टि गर्न नसक्नेहरुका पछाडी अब जनता लाग्दछन् भन्ने कुरा एमालेको लामो समय नेतृत्वगरेको नेपालले सोच्नु भनेको अस्तित्वविहिन हुनुमात्र हो ।
के का लागि नयााँ पार्टी ? नेपाललाई अध्यक्ष र प्रधानमन्त्री बनाउन ? नेपाल अध्यक्ष र प्रधानमन्त्री हुँदैमा देश र जनताले के पााँउछन् ? फेरि माधव नेतृत्वको सरकार र पार्टी संचालन नदेखेका जनता हुन र ? जसको ढुलमुले विचारले नेपाललाई पश्चगमन भन्दा अगाडी लान सकेन, पार्टीलाई नै तेस्रो पार्टीको दर्जामा पुरयाए । यो नेपाली जनता र कार्यकर्तालाई राम्रो सँग अवगत छ ।

शक्ति र सत्ताको दम्भ कस्तो हुन्छ भन्ने एमालेको जननी सम्झने माधव नेपालको भूमिकालाई नजिकवाट नियाँल्ने हो भने प्रष्ट हुन्छ ।
देश र पार्टीको नै नेतृत्व गरिसकेको नेता पुनः सत्ता प्राप्तिमा यति धेरै विधि र पद्धतीका नाउँमा नाङ्गिन्छ भने राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।

यसै लामो समय कम्युनिष्ट आन्दोलनका नेतृत्व गरेर सर्वश्रेष्ठ नेताको रुपमा आसिन हुने अवसरलाई समेत लात हान्दै आफु भन्दा अरुको विकल्प नदेख्ने सोचले नेपालको अभिष्ट पुष्टि हुन्छ । देश र जनता के चाहन्छन भन्दा पनि आफु कसरी सत्तामा पुग्ने अभिलाषाले अवको दिनमा माधवको राजनितीमा ओरालो लाग्ने निश्चित छ ।

पार्टीभित्रको वैचारिक विभेद हुन्छ, सहमति असहमति हुन्छन् । विधी र प्रद्धती के का लागि हो भन्ने कुरा माधवको गतिविधिले प्रष्ट पारिदियो ।
घर जलाएर खरानीको व्यापार गर्न उद्यत नेपाल कम्युनिष्ट आन्दोलनलाई पश्चगमन तर्फ उन्मुखको सारथी बनिदियो ।
आफ्नै पार्टीको अध्यक्ष एवं प्रधानमन्त्रीलाई सरकारवाट विस्थापित गरेर प्रतिगामी सिद्ध गरेर अग्रगमन कसरी गरेका छन्, आम जनताले नजिकबाट नियाँलिरहेका छन् । आफैँले १५ वर्षसम्म नेतृत्व गर्दा एमालेको हैसियत के थियो र ओलीले नेतृत्व गर्दा एमाले कहाँ पुग्यो, आम कार्यकर्ताले मुल्यांकन गरेका छन् । अतः माधवको विधि र पद्धतीको रोदन अव समाप्त भएको छ ।

व्यक्ति सधै सर्वेसर्वा बन्न सक्दैन, नेपालको नेतृत्व क्षमता एमाले तेस्रो पार्टी बनेपछि नै सकिएको हो । त्यसपछिको माधवको रोदन फगत सत्ता प्राप्ति हो नकि देश र जनताको लागि । सधै आफु अनुकुलको व्याख्या भनेको छाँया जस्तै हो ।
जुन विलिन भएर जान्छ । कम्युनिष्टको यति राम्रो सत्ता संचालनको यति धेरै अवसरमा माधव सारथी बनेनन् । माधवको जनता र कार्यकर्ताको माझ ओझ घटाईदियो । ओली व्यक्ति होईन, एमाले हुन भन्ने सत्यतालाई अंगिकार गर्न नसकेका माधवको कम्युनिष्ट आन्दोलनको धमिरा हुन् ।
देश र जनता र सिङ्गो एमाले पार्टीलाई हैन, आफुलाई मात्र केन्द्र भागमा राखेर हेरे । नतिजा हो, अहिलेको नयाँ पार्टीको गठन । व्यक्ति केन्द्रित राजनिती कर्कलोको पानी जस्तै हो । जसको कुनै भुमिका हुदैन, हावाको सानो वेगले नै अस्तित्वविहिन बनाईदिन्छ । अवसर पटक पटक प्राप्त हुँदैन । ओलीले पार्टीमा निरंकुशता लादे, आफनोलाई च्यापे, गर्नुसम्मको अपमान गरे, तर त्यसका लागि वैचारिक लडाई जायज हुन्थ्यो ।
संगठन र पार्टीमा लामो समय नेतृत्व गरेका नेपाल हारेर पनि अध्यक्ष चाहिने सोचले अन्तत आफनो ईतिहास नै कलंकित बनाए । देशले परिवर्तन खोज्दछ, जनताले विकास र समृद्धी, नकि कोही अध्यक्ष र प्रधानमन्त्री, त्यो त आवधिक मात्र हो । साधन मात्र हो, साध्य होइन ।
विधि र पद्धतीको नारा ओराल्ने माधवको नयाँ पार्टीको गठनसँगै ओरालो यात्रा शुरु भएको छ । व्यक्ति सधै सर्वेसर्वा वन्न सक्दैन, माधव अपव्यय हुन सकेनन् । पार्टीको सर्वोच्च पदमा पुग्नु आफैमा ठुलो कुरो हैन, त्यो पदको गरिमा र कार्यभार बहन कत्तिको गर्न सक्यो भन्नेले अर्थ राख्दछ, माधवको जीवनको उत्तरार्धतिर एकमात्र सत्यतालाई बुझन नसकेर गम्भिर गल्ति गरेका छन् ।

देश र समाज निर्माण गर्न हैन, जनताको जीवनस्तर र समृद्ध वनाउन हैन, केवल ओलीको तेजोवध गर्न गठन गरिएको पार्टी अन्ततः केही समयमा नै विलिन हुने पक्का छ । निश्चित एजेष्डा र कार्यदिशा हुन्छ । समाजवादीकोको कार्ययोजना र दृष्टिकोण के ? माधवको गोलमोल जवाफले अबको जनता आर्कषित हुन सक्दैन । अझै इतिहासलाई भिजाएर सत्ता र शक्तिमा पुग्दछु भन्ने माधवको सोच गलत छ । यसलेमाधवको इतिहासलाई धुमिल बनाईदियो ।

सरकार ढाल्न महागठवन्धन गरेका माधव अन्ततः सफल भए । देश र जनताले के पाए ? जवाफ दिनुपर्दछ । ओलीले दल विभाजनमा अध्यादेश ल्याउदाँ प्रतिगमन देख्ने माधव आज २० प्रतिशतको अध्यादेशलाई अग्रगमन देखिरहेका छन् । आफुले गर्दा अग्रगमन र अरुले गर्दा प्रतिगमन ?
विचार विनाको राजनिती क्षणिक हो, शक्ति र सत्ताका लागी नेपालका नेता कतिसम्म गिर्न सक्दछन भन्ने फेहरिस्त धेरै छ । लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा योगदान गरेको माधव राजनैतिक जीवनको उत्तराद्र्धमा पार्टी नै गठन गरेर पदलिप्सा देखाउनु भनेको चरम लज्जावोध हो ।

जनतालाई सधै भेडा सम्झनेले ईतिहासलाई मुल्यांकन नगर्नु कमजोरी हो । माधव कम्युनिष्ट आन्दोलनको नेता रहेर स्थापित हुनुपर्नेमा कलंकित हुन पुगे, यो नै माधव र कम्युनिष्ट आन्दोलनको लागि घातक हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!