मंगलबार, भाद्र १५, २०७८ || 841  पटक पढिएको

नेताहरूले भनेको सुनिन्छ, ‘यसमा अदृश्य शक्तिको हात छ ।’ खासगरेर अदृश्य शक्तिका बारेमा गिरिजाप्रसाद कोइरालाले धेरैपटक बोलेका छन् । कृष्णप्रसाद भट्टराई काठमाडौं उपनिर्वाचनमा खडा हुँदा कोइरालाले विराटनगरमा आएर पत्रकारहरूसित खुलेर भनेका थिए, ‘यसमा अदृश्य शक्तिको खेल छ ।’

अर्थात् कुनै पनि नकारात्मक कार्य (सम्वन्धित व्यक्तिका हकमा) भएको बेला यसको दोष अदृश्य शक्तिलाई दिइन्छ । अदृश्य शक्तिको मूल अर्थ हो नदेखिने तर, धेरैलाई नकारात्मक प्रभाव पर्ने कुनै काम गर्ने व्यक्ति वा समूह ।

समाजमा यतिबेला अदृश्य शक्तिका प्रतिनिधि बनेर विभिन्न रूप र रंगमा धेरै देखा परेका छन् । प्रत्यक्ष नदेखिने तर, संस्थालाई भाड्ने, फुटाउने, गोप्य कुरा बाहिर ल्याउने, लडाउने र भिडाउने कार्य उनीहरूबाट हुन्छ । अरु जाए भाडमे भनेझैं मेरो भान्सामा मात्र मासु पाकोस्, मैले राम्रो कपडा लगाउन पाऊ, दर्शनीय ठाउँमा घुम्न जान पाउ भन्ने संस्कार अनि शैली हुन्छ ।
सूत्रका हवाला दिदैं काम गर्नेहरूले कसैलाई बदनाम, कसैलाई खराव देखाउन खोज्छन् । आफुमा रहेको व्यक्तिगत इच्छा, आकांक्षा, कुण्ठा पूरा नभएपछि यसखाले गल्ती हुन्छन् वा गल्ती गर्न प्रेरित गर्छन । अदृश्य शक्ति बनेर उनीहरू प्रस्तुत हुन्छन् र, आफ्नो दूनो सोझ्याउँछन् । नेकपा विभाजन पनि अदृश्य शक्तिको खेलबाटै भएको हो ।

अदृश्य शक्तिको कुनै दृश्यजनक प्रमाण हुन्न । त्यसैले त अदृश्य शक्ति भनिएको हो नि !
दृश्यमा मिठो कुरा गर्छन् । कुटनीतिक भाषा प्रयोग गर्छन् । अमिलो र पिरो खाएर पनि चिनीजस्तै मिठो कुरा गर्छन् । मुखमा रामराम बगलीमा छुरा हान्नेहरू नै अदृश्य शक्ति हुन । खुलेरै भन्दा यस्ता व्यक्ति हरेक संस्था, समूह, गुट, पार्टी, सरकारमा हुन्छन् । कुनै क्षेत्र अदृश्य शक्तिको प्रभावबाट टाढा छैनन् ।

अदृश्य शक्ति यतिबेला आर्थिक क्षेत्रमा पनि धेरै नै चलायमान छ । देखिदैनन् तर, भित्रभित्रै सबै काम तमाम गर्छन् । अर्थात् उनीहरूको स्वार्थ अनुसार कतै नदेखिएर, कतै नबोलेरै कारोबार गर्छन् र, चुस्त रकम आर्जन गर्छन्, कुम्ल्याउँछन् । यो कुरा दृश्यमा कसैलाई थाहै हुन्न । भंसारबाट हात्ति छिरेको समेत कसैलाई थाहा हुन्न ।

अहिले त घुस पनि अदृश्य शक्तिबाट आर्जन हुन्छ । सोझै घुस माग्दा अख्तियार लाग्लान्, सत्रु लागेर बदनाम गराउलान् भनेर अहिले अदृश्य शक्तिको प्रयोग हुन्छ । फलानोलाई गएर भेट्नुस भनेपछि सकियो । काम तमाम र, उद्देश्य पूरा । अनि किन दृश्यमै देखिनु प¥यो त !
नेपालजस्तो आवश्यकताभन्दा बढी अधिकारको चाहना राख्ने जनता बस्ने देशमा अदृश्य शक्तिको चलायमान गतिविधि तिब्र हुन्छ । किनभने अदृश्य शक्तिलाई यस्तै धमिलो माछामा पौडी खेल्न मज्जा आउँछ ।

फरक देशबीच कुनै पनि कुरामा खेल्नु, आफ्नो स्वार्थ मात्र पूरा गर्नु अदृश्य शक्तिको काम होइन । यो एउटा संसारकै महत्वपूर्ण ब्राण्ड हो । यो ब्राण्ड यतिबेला हाम्रै समाजमा पनि प्रतिनिधि भएर अर्कै रूप अनि रंगमा देखा परेको छ ।
हो, पक्कै पनि अदृश्य शक्तिको पहिचान सहज छैन । कतिपय देखिने गरेरै अदृश्य शक्ति चलायमान हुँदा पनि पत्तो लाग्ने हो । अहिले त अदृश्य शक्ति परिवार फुटाउने, व्यक्तिलाई बदनाम गराउने कार्यमा पनि लागेको देखिन्छ ।

यो कोरोना भाइरसभन्दा खतरनाक रोग हो । अदृश्य शक्ति नामक भाइरसले समाजलाई नै रूपान्तरण गर्न दिएको छैन । समाजलाई विभाजित बनाएको छ । नदेखिने शक्ति जब नाङ्गो भएर देखिन्छ तब मात्र खरानी हुने अवस्था आउँछ । तर, ज्यादै कम यस्ता उपलब्धी हासिल हुन्छन् ।
समाजमा देखिने एउटा अनुहार अनि बोलिने अर्कै अनुहारको हालीमुहाली छ । मान्छे किन प्रष्ट भइरहेको छैन कुनै पनि कुरामा । किन दिमागमा अदृश्य शक्तिको मात्र खेल चलिरहन्छ ? किन खुरापात मात्र आउँछ दिमागमा ? किन असल सोच्न सक्दैनन् । किन खराब कुरा मात्र मन, दिमागमा खेलि बसिरहन्छ ? किनभने अदृश्य शक्ति एक भयानक र डरलाग्दो रोग हो । बरू क्यान्सर निको पार्न सकिन्छ तर, अदृश्य शक्तिको रोग निको पार्न अहिलेको अधिकारप्रति उधुमै छाडा देखिएको समाज अग्रसर भएकै छैन ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!