यो कस्तो चाकडी हो ?

रिपोर्टरको कूनो

शुक्रबार, भाद्र ११, २०७८ || 670  पटक पढिएको

विराटनगरमा बुधबार कुनै मन्त्री आए । संघीय सरकारमा थोरै मन्त्री भएकाले स्वागतका लागि एयरपोर्टमा भीड लाग्ने नै भयो । बुधबार बिहान एयरपोर्ट मोडमा तामझाम नै देखियो । ट्राफिकले सर्वसाधारणको गाडी, पैदल यात्रालाई नै रोकेको देखियो ।

एक प्रहरी अधिकृतको गाडी अन्तिममा निस्कयो । ट्राफिकले सबैलाई रोके । सम्भवतः गाडी सुनसरीतर्फ लम्कियो । उत्तरतर्फ गएकाले यो लख काटेको हो । तर, एक मामुली मन्त्री आउँदा सडक नै जाम हुने गरी आवाष्गमन ठप्प पार्नु कतिसम्म न्यायोचित हो ?

केही दिनअघि यस्तै दृश्य देखिएको थियो । नेपाल प्रहरीका महानिरीक्षक आउँदा पनि आवागमन ठप्प पारिएको थियो । सडक हेर्दा आवागमन नै ठप्प पार्नुपर्ने अवस्था पक्कै थिएन । तर, किन गरियो ? ट्राफिक र नेपाल प्रहरीले काम देखाउन खोजेको हो ?

यसबारे फिल्डमा खटिएका एक सुरक्षाकर्मीलाई सोध्न मन लाग्यो । पंचायतकालको झझल्को दिने गरेर किन आवागमन ठप्प पारिएको ? सुरक्षाकर्मीको सटिक जवाफ थियो, ‘इच्छा त हाम्रो होइन तर, माथिको आदेश पालना गर्नै परो ।’

जनतालाई मर्का पारेर हुने यसप्रकारका भ्रमणको के अर्थ ? होइन विराटनगर आउने कुनै भीआईपीलाई कसको डर हो ? विप्लप समूह शान्ति वार्तामा आएर मूलधारको राजनीतिमा आइसके । कुनै द्धन्द्धको अवस्था छैन भने सुरक्षा किन ? असुरक्षित महसुस गर्नुपर्ने कारण के हो ?

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!