सबैको ध्यान घर निर्माणमै

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

मंगलबार, भाद्र ०८, २०७८ || 646  पटक पढिएको
फ़ाईल तस्बिर

नेताहरूको नाममा स्थापना भएका प्रतिष्ठान हुन या धनाढ्य, समाजमा केही योगदान गरेकाहरूको नाममा खोलिएका फाउण्डेसन नै किन नहुन ! सबैको उद्देश्य असल काम गर्नु हो, समाजमा केही योगदान गर्नु हो ।

के घर÷भवन बनाउनु मात्र असल काम हो ? होइन । पटक्कै होइन । तर, किन यो मात्र सोचिन्छ कि पहिले घर बनाऔं ? घर बनाएर काम गरेको देखाउनु जसका नाममा केही गर्न खोजिएको हो त्यसप्रतिको अन्याय नै हो ।

नयाँ सोच र, रणनीति अनि खाका छैन कसैसित । सबैको एउटै उद्देश्य छ, एउटा चिटिक्क परेको घर बनाउने, त्यहाँ आउने जाने अनि समाज रूपान्तरण हुने कुनै काम नै नगर्ने ।

साँच्चै भन्ने हो भने सेवाको क्षेत्रलाई अब रोजगारसित पनि जोड्न् पर्छ । आकर्षकतालाई पनि जोड्नु पर्छ । एउटै प्रकृतिको काम सबैले गर्नुपर्छ भन्ने पनि छैन । कसैले बालबालिकाको क्षेत्रमा काम गरे भने कसैले ज्येष्ठ नागरिकको गर्नुपर्छ ।

कसैले महिलाको क्षेत्रमा काम गरे भने कसैले सीमान्तकृत वर्गको शिक्षातर्फ काम गर्नुपर्छ ।

नेताहरूका नाममा मोटो रकम सरकारले दिन्छ । यसमा कसैको विरोध हुन्न । तर, एउटा कंक्रिटको भवन निर्माण गरेर काम फत्ते भयो भन्ने ठान्नु मुर्खता नै हो । एउटा भवनले सेवाको सबै काम गर्न सक्दैन ।

खोई नयाँ सोच ? नयाँ सोचका कथा कसले लेख्ने ? सोचमा परिवर्तन भयो भने मात्र काममा परिवर्तन हुन्छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!