बिहिबार, साउन २८, २०७८ || 772  पटक पढिएको

एक नम्बर प्रदेशसभाका केही सांसदहरूले गैरकानुनी रूपमा रकम असुली गरेको भनेर चर्को आलोचना भएको छ । यसरी रकम असुली गर्ने सांसदहरूले आफूलाई घरबिहीन भनेर घरभाडा वापत रकम असुलेको समाचार सार्वजनिक भएको छ ।

कानुन त प्रदेशसभाबाट १५ किलोमिटरको दूरीमा घर हुने र घरैबाट संसदमा सहभागी हुनेले घरभाडावापतको रकम लिन नपाउने व्यवस्था गरिएको छ । यही कानुनी व्यवस्थाविपरीत प्रदेशसभाका केही सांसदहरूले घरभाडा लिएवापत भनेर मासिक १९ हजार रूपैयाँ असुलेको समाचार सार्वजनिक भएको हो ।
यसरी विराटनगरमै घर भएर पनि कोठा भाडावापतको रकम असुल्नेमा जसपाका प्रदेशसभा सदस्य जयराम यादव पहिलो पंक्तिमा परेका छन् । उनको घर विराटनगरस्थित जतुवा टोलमा रहेको छ । उनले अहिलेसम्म प्रदेशसभा सचिवालयबाट ७ लाख २२ हजार ८९६ रूपैया रकम आवास सुविधाअन्तर्गत (घर भाडावापत) रकम लिएका छन् । त्यस्तै विराटनगर घर भएकी कांग्रेसकी प्रदेश सभासद बिन्दिया कार्कीले आवास सुविधाअन्तर्गत १ लाख ६१ हजार ८९६ रूपैयाँ रकम लिएकी छन् । अर्का प्रदेशसभा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पनि आवास सुविधा लिएका छन् । उनी घरैबाट प्रदेशसभा बैठकमा सहभागी हुने गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य विजय विश्वास थारू पनि घरैबाट प्रदेशसभा बैठकमा उपस्थित हुन्छन् । उनले पनि आवास सुविधाअन्तर्गत प्रदेशसभा सचिवालयबाट रकम बुझ्दै आएका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्य सर्वध्वज साँवा पनि घरैबाट प्रदेशसभा बैठकमा सहभागी हुन्छन् उनले पनि आवास सुविधा अन्तर्गत रकम बुझ्दै आएका छन् ।

यसरी प्रदेश सभासदहरूले गत असारसम्ममा कूल ५ करोड ४७ लाख ३० हजार ३०९ रूपैयाँ असुली सकेको प्रदेशसभा सचिवालयले पुष्टि गरिसकेको अवस्था छ । तथापि प्रदेश सरकारको एउटा राम्रो पक्ष पनि छ । उसले गत वर्ष नै प्रदेशसभा बैठकभत्ता कटौति गरेको थियो । कोभीड–१९ को महामारीका कारण जनता आहात भएको अवस्थामा स्वास्थ्य उपचारमा रकम खर्च गर्नुपर्ने भन्दै बैठकभत्ता कटौति गरेका थियो । बैठकभत्ता कटौति गरेको विरोधमा प्रदेश सभासदले प्रदेश सरकारको कडा आलोचना गरेका पनि थिए ।

यसबाट के प्रष्ट हुन्छ भने प्रदेशसभाका केही सभासदहरू त्यहाँ जनताको हितमा काम गर्न गएका होइनन् कि कसरी जनताको करबाट उठेको रकम असुल उपर गर्न सकिन्छ भन्ने एउटै उद्देश्य बोकेर गएका छन् । यो जनताको लागि ज्यादै नै अहितकार काम हो । यही भएर प्रदेशसभा सदस्यहरू जनताको नजरमा असल देखिन छाडेका छन् । उनीहरूले पैसाप्रति देखाएको आशक्तिबाट नै प्रष्ट हुन्छ कि उनीहरूले संघीय संरचनाको पनि धज्जी उडाएका छन् । आफ्नो काम कर्तव्य भुलेका छन् । त्यस्ता भ्रष्ट मनोवृत्ति बोकेका नैतिकहीन सभासदहरूलाई अबको निर्वाचनमा जनताले हराएर पाठ सिकाउनु पर्दछ ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!