हिपमत डटकम

बुधबार, साउन २७, २०७८ || 730  पटक पढिएको
बासुदेव न्यौपाने

भुटानमा बस्ने नेपाली मुलका नेपाली भुटानीहरूलाई सन १९८८ मा भुटानी राजसंस्थाले संस्कृति र धर्मका नाममा जबर्जस्ती मुलुक छोड्न लगाए । धर्म र संस्कृति भुटानको दरबारले चाहेनुसार परिवर्तन गर्न नमानेपछि बिशेषगरी दक्षिणी भुटानका नेपाली मुलका भुटानीको घर जलाइयो, लुटपाटसहित धेरै चेलिबेटीलाई बलात्कार गरियो । धैरै नेपालीको हत्या भयो ।आँफूखुसी मुलुक छोडेको हो भनी जबर्जस्ती खाली कागजमा सहिछाप गराई घर जग्गाको कागजपत्र र नागरिकताको प्रमाणपत्रहरु जफत गरियो ।

नेपालमा बस्ने भुटानी शरणार्थीको कति दयनीय अवस्था थियोे भन्ने कुरा हामीले नजिकबाट देखेकै हो, बुझेकै हो ।
नेपालमा पनि धर्म निरपेक्षता र स्वतन्त्रताको नाममा क्रमिक रूपमा अज्ञानता र गरिबीको फाइदा उठाई धेरै मानिसको जबरजस्ती धर्म र संस्कृति परिवर्तन गरिंदैछ । यो क्रम रोकिएन भने हामीले हाम्रो धर्म र संस्कृतिलाई जोगाउन त सक्दैनौ नै । निकट भविश्यमा हामी अल्पमतमा पर्ने छौ ।
भोलि हाम्रो मुलुकबाट धर्म र संस्कृति परिवर्तनको नाममा जसरी भुटानबाट नेपाली धपाइए त्यसरी नै नेपालबाट नेपाली धपाइने छन् ।
मधेसी हिन्दू र पहाडी हिन्दूहरूबीच फुट किन ?

हिन्दु चाहे मधेसी हुन वा पहाडी हुन उनीहरूको प्रायः सबै कुराहरू साझा छन् । भाषाको लवज फरक भएपनि मैथिली, भोजपुरी, अधवी, हिन्दी र नेपाली भाषाहरू सबै देवनागरी लिपीमा आधारित छन् । यी भाषाहरूका अधिकांश शब्दहरू साझा छन् । मनाइने चाड पर्वहरू र पूजा गर्ने देवीदेउताहरू झन्डै ९५ प्रतिशत नै साझा छन् । संस्कृति, रीतिरिवाज, कर्मकाण्ड, खानपान आदि सबै मिल्दाजुल्दा नै छन् । तै पनि मधेसी र पहाडी हिन्दूहरूबीच हुनुपर्ने मेलमिलाप किन राम्ररी नभएको र नहुनुपर्ने फुट किन नराम्ररी देखिएको ?
पुूर्वी पाकिस्तान (अहिलेको बाङ्गलादेश) र अहिलेको पाकिस्तान किन टुक्रिए ?

तत्कालीन अखन्ड पाकिस्तानिहरू प्रायः सबै (९४ प्रतिशत) मुस्लिम थिए र एउटै धर्म इश्लाम मान्दथे । तर पूर्वी पाकिस्तानीहरूको भाषा उर्दु थिएन । बङ्गाला थियो । उर्दु भाषामा मुख्यत अरबी भाषा र अरबी संस्कृतिको प्रभाव थियो भने पूर्वी पाकिस्तानीहरू बङ्गाली भाषा र बङ्गाली संस्कृतिबाट प्रभावित थिए ।

पाकिस्तानको १९७१ को आमनिर्वाचनमा शेख मुजिबुर रेहमानले नेतृत्व गरेको अवामी लिगले बहुमत ल्याएर सरकार बनाउन लाग्दा पूर्वी पाकिस्तानका भाषिक आन्दोलनका अग्रज शेख मुजिबुर रेहमानलाई सरकार बनाउने निमन्त्रणा दिनुको सट्टा बन्दी बनाइयो र विरोधमा भारतको सहयोगमा बङ्गालीहरूले पाकिस्तानीहरूसित युद्ध गरी बङ्गलादेश नामको नयाँ मुलुक स्थापना गरे ।

माथि उल्लेख गरिएको प्रसङ्ग मैले किन जोडन खोजेको हो भने भाषा र संस्कृतिको कारण बङ्गलादेश पाकिस्तानबाट अलग भयो । हाम्रो त भाषाको एउटै जग छ, संस्कृति, रीतिरिवाज, संस्कार, देवी–देवता, खानपीन, तीर्थाटन र मुख्य कुरा धर्मसमेत एउटै हुँदा पनि हामी एकजुट भएर किन सनातन हिन्दू धर्मको रक्षाको लागि मिलेर अगाडि आउन नसकेको ? बङ्गालीले भाषा र संस्कृतिको लागि एकजुट भएर पाकिस्तानको गुलामी र थिचोमिचो बाट देश नै टुक्राएर भए पनि आफूलाई स्वतन्त्र र आजाद बनाउन सफल भए भने हामी संस्कृति र देवनागरी लिपी साझा जग भएको भाषामात्र होइन धर्म समेत एउटै भएका नेपालीहरुले सनातन हिन्दू धर्म र सनातन संस्कृतिको रक्षा समेत गर्न नस्कने ?
वास्तवमा हामी पहाडी र मधेसी हिन्दूहरू बीचको उल्लेखित समानताको कारणले हामी सजिलै फुट्न नसक्ने स्थिति देखेपछि युरोपेली संघको आडमा क्रिश्चियन धर्मावलम्बीले धर्म प्रचारको नाममा हाम्रा सोझासाझा नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराइ राखेका छन् ।

जातजातिको नाममा एक अर्काबिरुद्ध लड्न भिड्न र मार्न समेत तयार हुने किसिमले उक्साएर हामीबीच समय समयमा द्वेष र घृणा फैलाई रहेका छन् ।
हिन्दू भन्ने शव्दको अर्थ पनि बुझ्न जरुरी छ । हिन्दु भनेको कुनै देवीदेउताको नाम होइन नत कुनै तीर्थाटन नै हो । यो शब्दको अर्थ कसैले सनातन धर्म मान्ने समुदाय वा गालीको रूपमा बुझे पनि सिन्धु नदीको पूर्व भागमा आदि कालदेखि बसोबास गरेका बिभिन्न धर्म, संस्कृति परम्परा बोकेका मानिसहरू सबै हिन्दू हुन् भनेर बुझिन्छ । यो हिन्दू भन्ने शब्दले सबैलाई अटाँउछ ।

नेपाललाई हिन्दू राष्ट्र नेपाल भन्दा विरोध गर्नेहरू वास्तवमा डलर खाएर हाम्रो धर्म र संस्कृति बेच्ने दलालहरू हुन् । धर्म त बेची सके भने अब यिनीहरूले देशपनि बेच्न सक्छन् । त्यसैले सबै राजनीतिक दलहरु ले देर सबेर एक स्वरमा नेपाललाई विश्वको एकमात्र हिन्दू राष्ट्रको रुपमा पुनस्थापित गर्नै पर्दछ ।

आ–आफ्नो धर्म र संस्कृति सबैले निर्भिक भएर मान्न पाउनु पर्छ । तर धार्मिक स्वतन्त्रताको नाममा धर्म परिवर्तन गर्ने गराउने कार्य कदाचित उचित र न्यायसंगत देखिदैँन । नेपाललाई हिन्दू राष्ट्रको पहिचानको रुपमा जनमत संग्रहमार्फत संविधानमा राख्न जरुरी छ । यो पहिचानले मात्र हामीहरुले हाम्रो राष्ट्रियता र राष्ट्र एकतालाई जोगाउन सक्छौ । हाम्रा भावी सन्ततिहरुले विदेशीको गुलामी गर्नुपर्ने छैन, आफ्नो भूमिबाट लखेटिएर शरणार्थी बन्नु पर्ने छैन ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!