सर्वसाधारणले खोप प्रति अनिच्छुक देखिएपछि अमेरिकाले सुरूमा एक डोज खोप, एक डोज गाजाको स्कीम ल्यायो ।
त्यो स्कीम सफल नभएपछि हालै सरकारले खोप लगाउनेलाई १ सय डलर दिने घोषणा ग¥यो । र, पनि खोप लगाउनेतर्फ अमेरिकामा चासो देखिएको छैन । त्यस्तै अन्य युरोपियन मुलुकमा पनि खोपप्रति आकर्षित नहँुदा सरकारले जनतालाई खोपप्रति आकर्षित बनाउने विभिन्न योजना ल्याएको छ ।
पाकिस्तनले खोप नलगाउनेले आन्तरिक हवाईसेवा लिन नपाउने नियम लागु ग¥यो । रुसमा सर्वसाधारणले खोप लगाउन नमानेपछि खोप खेर गएको समाचार आइरहेका छन् । नेपालमा पनि विभिन्न मुलुकबाट आयात गरिएको कोरोना बिरुद्धको खोप लगाउने कार्य जारी छ । विभिन्न देशले दिएको अनुदानको खोप र भारत र चीनबाट खरिद गरेको खोप लगाउने कार्य निरन्तर छ ।
तर यहाँ युरोपभन्दा ठीक विपरित छ । यहाँ सुरुमा भारतबाट आयात गरिएको कोभिसिल्ड लगाउन हिचकिचाएका सर्वसाधारण दोस्रो भेरियन्ट पश्चात खोप नै बाँच्न सक्ने आधार भएको बुझेपछि खोपकेन्द्रमा थेगीनसक्नु भीड लागेको छ । भीड नियन्त्रणका लागि ठूलो मात्रामा प्रहरी तैनाथ गर्नुपर्ने अवस्था छ ।
चीनबाट आयात गरिएको भेरोसेल खोपको लागि सरकारले चरणबद्ध रुपमा खोप अभियान संचालन गरिरहेको छ । गत साउन १२, १३ र १४ गते गरेको खोप अभियानमा सर्वसाधारणको सहभागिता देख्दा साच्चै आमसर्वसाधारण खोपप्रति आकर्षित भएका छन भन्ने देख्न सकिन्छ । खोप अभियानमा उत्साह देखिनु सकारात्मक पक्ष हो ।
तर खोप कार्यक्रमलाई सरकारले व्यवस्थीत गर्न सकेको छैन । थेगिनसक्नुको भीडले त्यहीबाटै कोरोनाको अर्को भेरियन्ट त निस्कने हैन भन्ने चिन्ता थपिएको छ । भीड लाई व्यवस्थित गर्न सकिएन भने त्यसले अर्को समस्या देखा पर्छ । गत हप्ता संचालन भएको खोप कार्यक्रममा यस्तै समस्या देखियो । सर्वसाधारणको भीडलाई व्यवस्थित नगर्दा खोपकेन्द्रबाटै नयाँ भेरियन्टको सुरुवात हुने अवस्था देखियो । सिमित खोपमा असिमित आकांक्षीको लडाईले खोप कार्यक्रम प्रभावित हुदै आएको छ ।
बूढीगंगा–१ का हरि ढकाल साउन १३ गते खोप लाउन बिहान ९ बजे परिवार नियोजन कार्यालयमा रहेको खोप केन्द्रमा लाईनमा बसे । उनले अघिल्लो दिन खोप लाउनेको भीड हेर्दा नजाने विचार गरेर घरमै बसेका थिए । तर खोप नलाई पनि नहुने भएपछि जे पर्ला पर्ला भन्दै लाइनमा बसेर खोप लगाए ।
तर उनले सजिलै खोप लगाउन पाएनन् । अघिल्लो दिन सबै वर्गका व्यक्तिलाई दिइएको खोप उनी लाइन बसेको दिन ५० वर्ष भन्दा माथि र कर्मचारीले मात्र पाउने भनेपछि उनी जिल्ल परे तर पछि उनले खोपकेन्द्रमा आग्रह गरेपछि खोप लगाउन पाए । उनी जस्ता सयौं सर्वसाधारण लक्षित समुह भएपनि लाइनमा बसेर खोेप लगाउन नपाइ फर्किनु प¥यो ।
त्यसमाथि पहुच भएकाले खोपमा गर्ने राजनीतिले पनि सर्बसाधारणले भनेजसरी सहज रुपमा खोप लागाउन पाएका छैनन् । पहुचबालाले आफ्ना आसेपासेलाई खोप लगाएपछि लक्षित समुह खोपबाट बञ्चित हुदै आएका छन् । पहुचका आधारमा कसैले घरमै लगेर परिवारका सबै सदस्यलाई लगाइदिए । कसैले होटलमा बसेर खोप लगाइदिए ।
यस्ता बद्मासीका कारण सर्वसाधारले खोप लगाउन पाएका छैनन् । खोप लक्षित उमेर समुह र अत्यावश्यक क्षेत्रमा आवद्धलाई लगाउने भनिएको खोप १२ वर्षदेखि माथिका सबै लाईनमा बसेपछि खोपकेन्द्र तेस्रो भेरियन्टको उद्गमस्थल हुने खतरा बढेर गएको हो । त्यसका लागि सरकारले निश्चत उमेर तोकेर सबै अस्पतालमा सहज रुपमा खोप लगाउने वातावरण मिलाउनु पर्छ । अझै पनि ठूलो संख्यालाई खोप लगाउन बाँकी छ ।
जनसंख्याको आधारमा खोपकेन्द्र निर्धारण गर्न सकेमा खोपकेन्द्र नयाँ भेरियन्टको थलो हुनबाट जोगिन्छ । नत्र भने कोरोना नियन्त्रका लागि गरिएको खोपकेन्द्रबाटै कोरोनाको खतरा हुने निश्चित छ । त्यसतर्फ सम्वन्धित निकाय चनाखो हुनु जरुरी छ ।
यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।